विश्वास गर्नुस् जित अगाडि छ

विश्वास गर्नुस् जित अगाडि छ

(अमेरिकी फिल्म लेखक एवं निर्देशक जेनिफर लीले सन् २०१४ मा 'युनिभर्सिटी अफ न्यु ह्याम्पसायर' मा दिएको कमेन्समेन्ट मन्तव्य)

न्यु ह्याम्पसायरबाट ग्र्याजुएट गरिरहनुभएका तपाईं सबैमा मेरो धन्यवाद । म फेरि यहाँ फर्किएको छु । यो क्याम्पसमा म पहिलोपटक १४ वर्षको हुँदा आएको थिएँ मेरो भान्दाइ मार्कसँग । म थोम्पसन हल अगाडिको बेन्चमा बसेको थिएँ र सोचेको थिएँ सायद कलेज भन्ने यस्तै हुन्छ । मार्कले नै मेरी दिदी, म र मेरो भान्दाइ एलेक्सलाई यहाँ आउने बाटो खोलेको थियो । एलेक्सले त यहाँ जीवनसाथी पनि भेट्टायो । त्यसैले यो ठाउँमा मेरो परिवारकै गहिरो जरा गाडिएको छ र मेरो परिवारले थुप्रो लगानी पनि गरेको छ । अहिले भने मलाई हिजो मात्रै यहाँ आएको थिएँ जस्तो लागिरहेछ ।

मलाई यो मन्तव्यका लागि आग्रह गर्दा मैले सुरुमै म त निकै कम उमेरको पो छु भनेको थिएँ । अनि मेरी बहिनीले बताई म ४२ को भइसकें । बल्ल मैले महसुस गरें म त आफैंले ठानेभन्दा दोब्बर बूढो भइसकेछु । म त झसंग भएँ । त्यसपछि म निकै गलत विचारमा फसें । मैले सोचें म कमेन्समेन्ट मन्तव्यका लागि योग्य छैन । यही सोचाइले नै मलाई म यसका लागि योग्य छु जस्तो पनि लाग्यो । यो संसारको चक्कर लगाउँदा मैले पनि तपाईंहरूलाई सुनाउन योग्य केही सिकेको छु जस्तो लाग्यो र म यहाँ उपस्थित छु ।

म र मेरी बहिनी निकै धनी सहरको गरिब गल्लीमा हुर्कियौं । अहिले सत्तरीको दशकका कपडा सम्झिँदै उदेक लाग्छ तर हामी सेकेन्डह्यान्ड कपडा लगाउँथ्यौं । मेरो कपाल लट्टैलट्टाले भरिएको थियो । कपडाभरि फोहोरको दाग थियो । म मजाकको गतिलो पात्र थिएँ । मेरो मजाक उडाइन्थ्यो हरेक दिन, बर्सौंसम्म । जब हरेक काम कसै न कसैका निम्ति मजाक र ठट्टा बन्थ्यो केही न केही त हुन्थ्यो । अनि आत्महीनता त स्वाभाविक नै थियो ।
मानिसहरू अनेकौं खतरा मोल्छन् तर आत्मसंशयजस्तो खतरनाक केही हुँदैन । आत्मसंशयले ढाकिएपछि मानिस जिन्दगीको फोहोर दलदलमा फस्छ । ऊ न विगत हेनसक्छ, न त भविष्य नै । यो आत्मसंशय मेरो परिवारको कारण थिएन ।

मेरो परिवारले त मलाई माया गथ्र्यो । मेरो कपाल कोरिन्थ्यो । मेरो किताब, प्रेम र सिर्जनशीलतालाई प्रोत्साहन गरिन्थ्यो । म आफैंलाई भने के गर्ने भन्ने मेसो थिएन । मेरो परिवारले कथा भन्नुमा नै मैले आनन्द पाउनसक्ने पत्ता लगाउन सहयोग गर्‌यो । पढ्नु, लेख्नु, चित्र बनाउनु नै आफैंबाट भाग्ने बाटो बन्यो । बेलुका बिस्तरामा पल्टेर म निकै जादुमयी र बृहत् कथाको परिकल्पना गर्थें । कहिलेकहीं त सांगीतिक यात्राहरूको अनि कहिलेकहीं म न्यायको विजय भएको, मजाक उडाउनेहरूसँग बदला लिएको पनि कल्पना गर्थें । अहिले लाग्छ, सायद त्यो नै संकेत थियो तर आत्मसंशयको बाक्लो चस्माले मेरो आँखा ढाकिएको थियो ।

र त्यही बेला केही भयो । मैले थाहा पाएँ यस्तो अगतिलो अनुभव गर्ने म एक्लो होइन । पहिलो साथी बनाउनासाथ नै मैले मेसो पाएँ । उनलाई चिन्न मलाई एक सेकेन्ड पनि लागेन । उनी यहीं छिन् । मलाई गिल्ला गर्नेहरू र मबीच आउने उनी नै पहिलो प्राणी थिइन् । उनको नाम जेन हो । उनी र म ३० वर्षदेखि साथी छौं । जेन र म त्यो आत्मसंशयले ढाकिएको ठूलो खोरमा पस्यौं जसको नाम हाईस्कुल थियो । तपाईं बुझ्न सक्नुहुन्छ म के भन्दैछु । म सम्झिन्छु त्यो क्षण जतिबेला मैले कक्षाका साथीहरूलाई कसरी हेरेको थिएँ जसले आफूलाई निकै योग्य ठान्थे ।

त्यहीबेला मैले उसलाई भेटें । ऊ त्यस्तो विद्यार्थी थियो जसले कहिल्यै पनि आफैंलाई शंका गरेन । ऊ आकर्षक थियो तर दयालु, मिलनसार र उत्प्रेरक थियो । उसको नाम ज्यासोन म्याककोन्के हो । यो विश्वविद्यालयमा ऊसँग बिताएका ती वर्षहरू मेरो जीवनकै सुन्दर क्षणहरू हुन् । ती साथीहरूसँगको साथ, त्यो गज्जबको कक्षा र खानपिन म कहिल्यै बिर्सन सक्दिनँ ।

यद्यपि ज्यासोनको साथ, प्रेरणा हुँदाहुँदै पनि म आत्मसंशयबाट अझ मुक्त हुन सकेको थिइनँ । तर हाम्रो पहिलो वर्षको अप्रिलमा ज्यासोन डुंगा दुर्घटनामा मारियो । जिन्दगीले मेरो आँखाबाट आत्मसंशयको त्यो बाक्लो चस्मा उतारिदियो ।

जब तपाईं त्यस्तो विछोडसहित ब्यु“झनुहुन्छ अवश्य नै दुःखबाहेक तपाईंसँग केही हुन्न । त्यही दुःखमा नै तपाईंले संसार देख्न सक्नुहुन्छ । संसार रङहरूमा चुहिरहेछ । मृत्युले जीवनको महत्त्व बढाइदिएको छ र तपाईंले एक सेकेन्ड पनि गुमाउनु उचित हुन्न भन्ने थाहा पाउनुहुन्छ ।

मैले न्युयोर्क, किताबहरू र कथावाचन मन पराएँ । त्यसैले ग्र्याजुएसनपछि म न्युयोर्क आएँ । किताब छाप्न सुरु गरें । त्यसैबाट किताब र स्क्रिप्ट लेख्न थालें । एक दशकको अन्तरालमा मैले जीवनलाई व्यवस्थित मात्र गरिनँ फेरि त्यही आत्मसंशयको चस्माभित्र पसें । म कोलम्बिया फिल्म स्कुलको वेबसाइट हेर्दै त्यहाँ आवेदन दिन हिच्किचाएको सम्झिन्छु । म त्यहाँ जसरी पनि जान चाहन्थें तर आफैंभित्रको डरले मलाई रोकिरहेको थियो ।

त्यहाँ आवेदन पठाउनु एउटै कारण थियो ज्याक्सन । उसलाई सम्झिनासाथ मैले चाहेजस्तो बाँच्ने एकपटक मात्र हो भन्ने सम्झिएँ । त्यसको दुई दशकमै केवल ६० हजार डलरमै मैले फिल्म बनाउन थालें ।

फिल्म स्कुलमा तपाईंले सबैभन्दा पहिला पात्रबारे पढ्नुहुन्छ अनि तपाईंले डरलाग्दा पात्रहरूबारे, आफैंबारे नसोच्ने पात्रबारे, खासै रोचक नलाग्ने पात्रबारे पढ्नुहुन्छ । उनीहरू खासै प्रेरणादायी हुँदैनन् । तिनलाई कसैले पनि हेर्न चाहँदैनन् । उफ् ! तर यी डरलाग्दाभन्दा पनि झुरहरू नै उत्कृष्ट पात्र हुन्छन् । उनीहरू जीवनहीन, दिक्कलाग्दा, सामान्यखालका हुन्छन् । हामीले माया गर्ने, सम्झिन चाहने सबैभन्दा उत्तम पात्रहरू दोषयुक्त हुन्छन् ।

फिल्म स्कुलमा मैले फिल जोनस्टन नामका मानिससँग भेटें । उनी मेरो विचारमा कार्यक्रमकै सबैभन्दा प्रतिभाशाली मानिस थिए । उनी एम्मी अवार्ड जितेका पत्रकार थिए एकदमै सेन्स अफ ह्युमर भएका । उनले म उनीसँग काम गर्न योग्य छु भन्ने ठानें । म चकित भएँ त्यति राम्रो मानिससँग काम गर्न पाउँदा ।

एक दिन उनले मलाई केही गर्न वचनबद्ध बनाए । उनले भने, 'तिमी आफ्नो जीवनमा चाहेजत्तिकै डरलाग्दो हुनसक्छौ तर तिम्रो भय कामबाहिर पूरै त्याग्छु भनेर कसम खाऊ । जानिराख, तिमी साँच्चिकै राम्रा छौ ।' मैले उनले भनेजस्तै गरें । ६ महिनापछि मैले दुईवटा फिल्म पाएँ र पहिलोपटक स्क्रिनराइटरका रूपमा चेक पाएँ ।
त्यसैले तपाईंहरू उभिरहेको यो मानिस उत्कृष्टताभन्दा धेरै टाढाको मानिस हो र मेरो नजिकैबाट उत्कृष्टतासम्म पुग्ने कुनै छोटो बाटो छैन । म नजिकबाट निकृष्टतामा पनि पुगिँदैन । म उत्कृष्ट त होइन नै तर निकृष्ट पनि होइन । म आफैंमा पूर्ण हुँ ।

जिन्दगीबाट मैले एकथोक सिकेको छु । आत्मसंशय सबैभन्दा ध्वंसात्मक शक्ति हो । यसले तपाईंलाई खुलाको साटो आत्मरक्षक, सक्रियको साटो प्रतिक्रियात्मक बनाउँछ । आत्मसंशय निकै क्रूर हुन्छ । त्यसैले आजै हामी सबै मिलेर यसलाई प्रतिबन्ध लगाऊँ ।

यसो सोच्नुस् त कति घन्टा तपाईंले आफैंबारे विचार गर्न खर्चिनुभयो ? तपाईंको रूप, तपाईंको कपाल कति छोटो, कति पातलो, कति सीधा, कति कर्ली छ । कति समय तपाईंले आफैंसँग दिक्क मान्नुभयो । अब सोच्नुस् त कस्तो होला तपाईंले आफैंसँग शंका गर्न छोडेको क्षण । कस्तो होला तपाईंले मात्र खाने, पिउने, सिर्जना गर्ने, काम गर्नेमात्र सोच्दाको क्षण ? ती क्षणलाई ध्यान दिनुस् जुन तपाईंसामु पुग्न चाहन्छन् तर तपाईंको आत्मसंशयको चस्माले त्यो देख्दैन ।

अर्को कुरा असल हुनुले मात्र तपाईंलाई अल्छी नबनिरहन दिँदैन । यो परिवर्तन हुनु, हुर्किनु र परिपक्व हुनुबाट जोगिने फ्रि पास होइन । तपाईं आत्मसंशयविहीन भएर मात्र केही थोक गर्न सक्नुहुन्छ किनभने तपाईंले आफैंलाई जोगाइरहनुपर्दैन, तपाईं असफल हुन सक्नुहुन्छ र आलोचना स्वीकार्न पनि । तपाईं त्यो असफलताबाट तर्सिनु जरुरी छैन जसबाट तपाईंले सिक्न र हुर्किन बिर्सनुभएको छ । जब तपाईंले आफैंप्रति विश्वास गर्न थाल्नुहुनेछ तपाईं सक्षम बन्दै जानुहुन्छ । आफैंलाई जाँच्दा, शंका गर्दा, डराउँदा खर्च गर्ने समय तपाईं काम गर्न, नयाँ खोज गर्न र बाँच्न खर्चिन सक्नुहुन्छ । आफैंसँग विश्वास गर्नुस्, जित अगाडि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.