बाथरुमबाट लडेर बैंकका प्रबन्धक घिमिरेको मृत्यु

बाथरुमबाट लडेर  बैंकका प्रबन्धक घिमिरेको  मृत्यु

सुरुङ्गा झापाः नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ ।

गएराति बाथरुममा चिप्लिएर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

४१ वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए ।

यसैबीच मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषदमा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो ।

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिन पैदल दूरीमा रहेको र घटनालगत्तै श्रीकोट प्रहरी चौकीका प्रहरी घटनास्थलमा पुगी मुचुल्का उठाएको प्रहरी कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.