सुनसरीमा बसको ठक्करबार एकको मृत्यु

सुनसरीमा बसको ठक्करबार एकको मृत्यु

इनरुवा: सुनसरीको हरिपुर गाविस–५ मा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ७७९३ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.