आफैंले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

आफैंले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

महेन्द्रनगर: धनुषामा आफैँले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु भएको छ।

जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गएराति भएको दुर्घटनामा आफैँले चलाएको ट्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज१त २८३६ नम्बरको ट्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.