पोखरामा केबलकार बन्ने
![पोखरामा केबलकार बन्ने](https://annapurnapost.prixacdn.net/media/albums/cabal-car-586202fe95ae14.73969247_bLjTxzxstK.gif)
पर्यटकीय नगर पोखराको लेकसाइडलाई सराङकोटसँग जोड्ने गरी केबलकार निर्माण हुने भएको छ । डेढ वर्षमा सञ्चालनमा आउने गरी निर्माण थालिएको अन्नपूर्ण केबलकारले आठ मिनेटमा फेवातालको उत्तरी किनार सेती बगरबाट सराङकोट पुगिनेछ ।
व्यवसायी कालु गुरुङ र क्याप्टेन रामेश्वर थापासहितका नेपाली र विदेशीको समेत एक अर्ब लगानीमा केबलकार बन्न लागेको हो । कम्पनीमा सराङकोट इन्भेस्टमेन्ट प्रालिका तर्फबाट स्थानीय बासिन्दाले पनि लगानी गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)