सलमान खान ५१ वर्ष पुगे

सलमान खान ५१ वर्ष पुगे

बलिउड नायक सलमान खानले मंगलबारदेखि ५१ वर्ष टेकेका छन् । उनी सन् १९६५ मा भारत मध्यप्रदेशको इन्दौरमा जन्मिएका हुन् । सलमानले बलिउडमा काम गर्न थालेको २५ वर्ष भएको छ । उनको वास्तविक नाम 'अब्दुल रासिद सलिम सलमान खान' भए पनि चलचित्रको दुनियाँमा उनी सलमान नामले स्थापित भएका हुन् । परिवारमा उनी जेठो सन्तान हुन् ।

बलिउडका प्रसिद्ध लेखकका रूपमा स्थापित पिता सलिम खानको प्रेरणाले उनी चलचित्र क्षेत्रमा लागेका थिए । सलामानकी दुई आमा थिइन् । सलमानकी आमा सुशीला गृहिणी थिइन् भने दोस्री आमा हेलेन त्यस जमानाकी चर्चित आइटम डान्सर थिइन् ।

सन् १९८८ मा 'बिबी हो तो ऐसी'बाट सलमान बलिउडमा प्रवेश गरेका थिए । उनले मुख्य भूमिका खेलेको चलचित्र भने 'मैने प्यार किया' हो ।

सानो छँदा साइकलका सोखिन सलमान ठूलो भएपछि गाउँको सडकमा बाइक कुदाउन रुचाउँथे । उनको स्वभाव निकै जिद्दी थियो । सानो छँदा उनका दुई भाइ अरबाज र सोहिल निकै चकचके थिए । उनीहरूको चकचकेपनको सजाय भने आफूले भोग्नुपर्ने उनले बताएका छन् ।

सलमान अहिले बलिउडमा चर्चित नायकमा गनिन्छन् । उनको नाममा चलचित्रले सयदेखि तीन सय करोडसम्मको कारोबार गर्ने गरेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.