गोविन्दाले विवाहको खबर किन गुपचुप राखे ?
बलिउड अभिनेता गोविन्दाले विवाह गरेको कुरा निकै लामो समयसम्म गुपचुप राखे । गोप्य रूपमा अफेयर्स चलेर विवाह गरेका उनलाई परिवार तथा शुभेच्छुकहरूले नै विवाह गरेको कुरा लुकाएर राख्न सुझाएपछि उनले गोप्पे राखे । उनलाई यस्तो सुझाव दिनुको कारण महिला प्रशंसकहरू घट्छ भन्ने थियो । उत्कृष्ट बिन्दुमा करिअर पुगेको बेला उनले विवाह गरेका थिए ।
बलिउडमा कमेडी तथा नृत्यका लागि चर्चित बनेका गोविन्दा मायालु श्रीमान् हुन् । उसले नेपाली मूलकी सुनितासँग विवाह गरेका थिए । ५३ वर्ष पुगिसकेका उनको वैवाहिक जीवनबारे बलिउडमा निकै चर्चा हुने गर्छ । उनीहरू एकअर्कालाई खुलेर साथ दिन्छन् । उनीहरूले विवाहको २५औं वर्षगाँठ मनाइसकेका छन् । २५औं एनिभर्सरीमा उनले पूरा रीतिरिवाजका साथ विवाह गरे । जुन विवाह उनकी आमाको आग्रहमा गरिएको थियो । उनीहरूको वास्तविक विवाह सन् १९८७ मा भएको थियो ।
गोविन्दाको प्रेमकहानी रमाइलो खालको छ । जब सुनिताकी दिदीको विवाह गोविन्दाको मामासँग भयो अनिमात्रै उनीहरूको भेट भएको थियो । उनीहरू त्यस समयमा एकअर्कासँग मजाक गर्ने, झगडा गर्ने र सँगै नाच्ने गर्थे । उनीहरूले सँगसँगै डान्स प्रतिस्पर्धामा भाग लिएका थिए । गोविन्दाको व्यक्तित्व खासै मेन्टेन थिएन तर सुनिता हाई प्रोफाइलकी, घमण्डी, चलाख युवती थिइन् ।
विस्तारै उनीहरूले एकअर्कालाई मन पराए । उनीहरूबीच प्रेमपत्र आदानप्रदान सुरु भयो । एकपटक गोविन्दाले पठाएको प्रेमपत्र सुनिताकी आमाको हातमा परेको थियो । गोविन्दाकी आमाले पनि सुनितालाई औधि मन पराउँथिन् । सुनितालाई नै बुहारी बनाउन चाहन्थिन् । अन्त्यमा उनीहरूले लभएरेन्ज म्यारिज गरेका थिए । –एजेन्सी