राजधानीमा स्पाको आकर्षण

राजधानीमा स्पाको आकर्षण

केही समय अघिसम्म स्पा विदेशीले मात्र गर्दै आएका थिए । अहिले यसका नेपाली प्रयोगकर्ता पनि बढ्न थालेका छन् । नुहाउनसमेत फुर्सद नभएकाहरूले स्पा प्रयोग गर्न थालेका छन् । हेल्थ रिल्याक्सेसनसँगै पर्यटन क्षेत्रमा वर्षौंदेखि स्पा पूरक बन्दै आएको छ ।

विकास, संस्कृति र मानिसको उमेरअनुसार स्पाका सेवा र विधि फरकफरक छन् । उमेरअनुसार शरीरका प्रत्येक भाग विभाजन गरी ट्रिटमेन्ट रिल्याक्सेसन र आउटलुक्स मेन्टेन गर्न शारीरिक स्पा गर्ने गरिएको पाइन्छ । यिनमा हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, फुट स्पा, नेल स्पा, स्किन स्पा आदि छन्।

व्यवसाय
नेपालमा केही वर्षदेखि व्यवस्थित र पारिवारिक वातावरणमा सम्मानजनक तरिकाले स्पा चलाइएको पाइन्छ । रियल थेरापी एन्ड ब्युटी प्वाइन्टले तीन वर्षदेखि ठमेलमा सेवा दिइरहेको छ । यसका सञ्चालक भवि शर्माले स्पालाई व्यवसाय नै बनाएका छन् । पछिल्लो समय विदेशी पर्यटकसँगै नेपालीले समेत पारिवारिक स्पा गर्न थालेको पाइन्छ । पर्यटन व्यवसायी टीकाराम गुरुङ सातामा एक दिन स्पा गर्ने गरेको बताउँछन् । शरीरलाई स्फूर्त र तौल कम गर्न सहयोग गरेकाले स्पा गर्ने गरेको उनको भनाइ छ ।

दृष्टिकोण फराकिलो
केही समय अघिसम्म थेरापीलाई हेर्न हेर्ने समाजको दृष्टिकोण राम्रो थिएन । तर अहिले यसमा परिवर्तन आएको थेरापी सञ्चालक बताउँछन् । दृष्टिकोणमा आएको परिवर्तनसँगै यसको व्यवसाय फस्टाएको हो । स्पा सेवा टुरिजम क्षेत्रमा अति नै आवश्यक मानिन्छ।

हिमाल आरोहण र अवलोकनपछि शरीरमा आएका समस्या समाधान गर्न पनि पर्यटकहरू स्पामा आउने सेभेन समिट ट्रेकिङ एजेन्सीका सञ्चालक मिङ्मा शेर्पा बताउँछन् । महिनौं पदयात्रा गरेर आउने पर्यटकहरू राम्रोसँग मसाज गर्न रुचाउने उनी बताउँछन् । उक्त प्वाइन्टले स्पासँग सम्बन्धित र शारीरिक उपचारका सेवा दिँदै आएको छ ।

साउनाबाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेनरिलिफ मसाज, रिल्याक्सेसन मसाज, अक्कु प्रेसर थेरापी, स्ट्रेचिङ थेरापीका साथै ब्युटी पार्लर र सैलुनमा हुने सबै सेवा दिँदै आएको सञ्चालक शर्मा बताउँछन् । रियल थेरापीले नेपालमै पहिलोपटक अफुरो (हट स्प्रिङ वाटर) तातो पानीको कुण्ड सुरु गरेको छ । यसबाट ब्याक पेन, जोइन्ट पेन, सुगर, युरिक एसिड, प्रेसर, तौल कम, मस्कुलर पेनजस्ता रोगको उपचार हुने सञ्चाल शर्माको भनाइ छ ।

स्वस्थ जीवन
स्पामा विशेष गरी अफुरो उपचार पद्धति मुख्य रहेको छ । जापानी पद्धतिबाट गरिने यो प्राकृतिक उपचारले मानिसको सरदर आयु बढाउने स्पामा संलग्न विशेषज्ञहरू बताउँछन् । ४० देखि ४५ डिग्री सेल्सियस तापक्रमको पानीमा डुबेर अफुरो गरिन्छ । यसमा घाँटीभन्दा तलको भागलाई तातो पानीभित्र डुबाएर शरीरबाट पसिना निकालिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.