इनोभेटिभ र अरनिको सेन्चुरीमा गाभिने

इनोभेटिभ र अरनिको सेन्चुरीमा गाभिने

काठमाडौः सेन्चुरी कमर्सियल बैंक लिमिटेडले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई आपूmमा गाभ्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड र कर्जा रकम २७ अर्ब ६० करोड परिचालन गरी १२ करोड ३१ लाख सञ्चालन मुनाफा र सात करोड ४३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्तीपछि सेन्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्नेछ । प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेन्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्‍याउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.