पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई सरकारले ७५ प्रतिशतसम्म भत्ता दिने
काठमाडौंः सरकारले भूकम्पपछिको पुनर्निर्माणको काममा खटिएका प्राविधिक तथा इन्जिनियरहरुलाई ५० देखि ७५ प्रतिशतसम्म भत्ता दिने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले भूकम्पपछिको पुनर्निर्माणमा दुर्गम ठाउँमा खटिएका इन्जिनियरहरुलाई ७५ प्रतिशत र शहरी क्षेत्रमा खटिएकालाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो।
यस्तै बैठकले एशियाली विकास बैंक एडीबीले अनुदान स्वरुप दिन लागेको दुई अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय पनि मन्त्री शर्माले बताए। शर्माका अनुसार माथिल्लो त्रिशुली ए जलविद्युत परियोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ।
बैठकले पत्रकारद्वय नवलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको छ।