नरेन्द्रनगरमा के गर्दैछन् क्रिकेटर विराट र अनुष्का ?
क्रिकेटर विराट कोहली तथा बलिउड नायिका यतिबेला उत्तराखण्डको ऋषिकेषदेखि १७ किलोमिटर टाढा नरेन्द्रनगरमा छन् । त्यहाँको एक होटलमा रहेका उनीहरुले नयाँ वर्ष मनाउने गरी बस्ने भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । केही सञ्चारमाध्यमले कोहली र अनुष्काको बिहेका विषयमा पनि केही निर्णय हुनसक्ने दाबी गर्दै आएका छन् ।
उनीहरु त्यहाँको प्रकृतिसँग रमाइरहेकाक छन् । अनुष्का शर्माले आफ्नो इन्टाग्राममा मयूरलाई दाना खुवाइरहेको तस्बिर पनि राखेकी छन् ।
बिराट उत्तराखण्डका ब्राण्ड एम्बेसडर पनि हुन यही मौकामा उनीहरुलाई पर्यटन प्रवद्र्धनमा प्रयोग गराउने हरिश रावतको सोच छ । केही समय अघिमात्रै अनुष्काले बिवाह चाँडै नगर्ने बताएकी थिइन् । तर, अहिले दुईबीचको निकटता तथा नयाँ वर्षको अवसरमा नयाँ ठाउँमा पुग्नुलाई यसले केही नयाँ सन्देश दिने आँकलन गर्न थालेका छन् ।