मिर्गाैलाको निःशुल्क डायलाइसिस सेवा विस्तार, देशभर ४३ अस्पतालबाट सेवा पाइने

मिर्गाैलाको निःशुल्क डायलाइसिस सेवा विस्तार, देशभर ४३ अस्पतालबाट सेवा पाइने

काठमाडौंः स्वास्थ्य मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा सञ्चालनका १२ स्वास्थ्य संस्थाहरुलाई अनुमति दिएको छ। मन्त्रालयले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पताल गरी ११ वटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाइसिस सेवा सञ्चालनका अनुमति दिएको हो।

सम्पूर्ण डायलाइसिस निःशुल्क गर्ने मन्त्रालयको निर्णय भएपनि कतिपय विरामीहरुले डायलाइसिस गर्न नपाएकाले थप स्वास्थ्य संस्थाहरुलाई डायलाइसिस सेवा सञ्चालनका लागि अनुमति दिइएको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए।

डायलाइसीस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पुरा गरेकामध्ये काठमाडाैं उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरुलाई प्राथमिकता दिइएको लामिछानेले बताए। निःशुल्क डायलाइसिस सेवा विस्तारका लागि उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी इन्टरनेशलन हस्पिटल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल र बयोधा अस्पतालले अनुमति पाएका छन् भने उपत्यका बाहिर रुपन्देहीको गौतम वुुद्ध सामुदायीक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको उपसचिव लामिछानेले जानकारी दिए।

मृगौलाका सवै विरामीहरुलाई निःशुल्क डायलाइसिसको व्यवस्था गर्न सरकारी अस्पतालहरुबाट मात्रै अहिले सम्भव नभएकाले निजी अस्पतालहरुलाई अनुमति दिनु परेको मन्त्रालयले जनाएको छ। ती अस्पतालहरुमा डायलाइसिस गराएको रकम सरकारले अस्पतालहरुलाई तिरिदिने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्री गगनकुमार थापाले यसअघि गत कात्तिक तेस्रो सातादेखि मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलाइसिस निःशुल्क गराउने व्यवस्था गरेका थिए।

नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टरसहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाइसिसको व्यवस्था रहेको छ। यी मध्ये चार वटा अञ्चल अस्पताल रहेका छन् भने बाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढी सकेको छ। यसअघि स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेला ६ महिनाभित्र सवै अञ्चल अस्पतालहरुमा निःशुल्क डायलाइसिसको व्यवस्था गर्ने घोषणा गरेका थिए।


प्रत्येक अञ्चल अस्पतालहरुलाई दुईवटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइसकेको छ। मन्त्रालयले काठमाडौं बाहिरका अञ्चल अस्पतालहरुको माग अनुसार थप २० वटा मेसिन पनि वितरण गर्ने तयारी भइरहेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए।

मृगौलाले काम नगरेका विरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटकसम्म डायलाइसिस गर्नु पर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.