दुई दिने 'संगम स्वीट उत्सव' आजदेखि
काठमाडौं: नेपाली मिष्ठान्न पारखीहरुको मनमा बसिरहेको संगम स्विटले आजदेखि 'संगम स्वीट उत्सव' सुरु गरेको छ । कमलादीस्थित आउटलेटमा शुक्रबारदेखि दुई दिनसम्म चल्ने उत्सवमा संगम स्वीटले आफूले उत्पादन गरेका सम्पूर्ण मिठाइ राख्नेछ ।
उत्सवको अवसरमा खरिद गरिएको मिठाइमा १० प्रतिशतसम्म छुट दिने प्रबन्ध निर्देशक संगम शर्माले जानकारी दिए । आफूले तयार पार्ने सम्पूर्ण मिठाइको कच्चा पदार्थ आफैंले उत्पादन गर्ने बताउँदै शर्माले ग्राहकको स्वास्थ्यलाई ख्यालमा राखेर गुणस्तरीय सामान तयार पार्ने गरेको बताए ।
विश्वबजारमा देखिएका परिकार खोजेर आफूले तयार गर्ने गरेको बताउँदै शर्माले अहिले एकसय ६० भन्दा बाढी परिकार बनाउने गरेको बताए ।
संगम स्विटमा नर्थ, साउथ इण्डियन, चाइनिज, कन्टिनेन्टल, स्यान्क्स, चाट, पिज्जा, थाली, तन्दुरी, वेभरेज, आइसक्रिम, मिल्क सेक, लस्सी पनि उपलब्ध हुन्छ ।
१९ बर्षअघि झापाको दमकबाट सुरु भएको संगम स्विट झापाको दमक, विर्तामोड तथा राजधानीको कमलादी, बानेश्वर र कालीमाटीबाट सेवा दिइरहेको छ ।