भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण

भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण

भोजपुरः बोया–७ पातल गाउँका बालबालिकाको विद्यालय भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण गरिएको छ । विद्यालय आउने विद्यार्थीको संख्या कमी भएपछि सरस्वती आधारभूत विद्यालयका अभिभावक लाक्पा शेर्पाले विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजारभन्दा बढीको लत्ताकपडा बितरण गरेको हो ।

गत बर्ष १५ जना विद्यार्थी मात्र भएको विद्यालयमा कपी, कलम र पोशाक निशुल्क वितरण गरेपछि अहिले ३४ जना भर्ना भएका छन् । अभिभावकको चासोसँगै विद्यार्थीको संख्या बढे पछि शिक्षकसमेत सचेत भएको शेर्पाले बताए । राम्रो जिम्मेवारी सम्हाल्लने शिक्षक मध्ये एक जनालाई पुरस्कृत गरी प्रोत्साहन गर्ने गरेको शेर्पाले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुने र जाडोमा कठ्याग्रीदै विद्यालयमा पढ्न वाध्य देख्नुले पनि गरिब विद्यार्थीका लागि ट्रेकसुट, झोला, ज्याकेट र स्टेशनरी सहयोग गरेको उनको भनाई छ । स्वर्गीय आमाबाबुको नाममा उनले वार्षिक ५० हजार रुपैयाँ बराबरको सामान बाँड्ने गरेका छन् ।

विद्यालय भर्ना नभएका र भर्ना भएकालाई पनि सहज वातवरणमा अध्यन गर्न प्रोत्साहनका लागि सहयोग पुगेको विद्यालयका प्रधानध्यापक विनोद दाहालले बताए । अक्षयकोषको व्याज रकमले पाँच बिधामा विद्यार्थीलाई पुरस्कार प्रदान गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.