जिओनीको होम डेलिभरी सर्भिस
काठमाडौं: विश्वव्यापी मोबाइल कम्पनी जियोनीले ग्राहकलाई सुविधा पुगोस् भन्ने उद्देश्यले मोबाइल फोन मर्मतमा होम डेलिभरी सर्भिसको व्यवस्था सुरु गरेको छ ।
जिओनीको कुनै पनि मोबाइल फोन मर्मत गर्नुपरेमा ताम्राकार कम्प्लेक्समा अवस्थित जिओनी सर्भिस सेन्टरबाट मात्र एक सय ३० रुपैयाँमा तीन घन्टाभित्र र एक सय ७५ रुपैयाँमा एक घन्टाभित्र सेवा दिनेछ भने काठमाडौं उपत्यकाभित्र मोबाइल घरमै पुर्याइदिने सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यदि सोही मोबाइल सेटमा पुनः सोही समस्या देखा परेमा निःशुल्क लिन आउने र पुर्याउने व्यवस्था छ ।