ख्याल गर्नुहोस् ! दायाँ मोडिदा फन्दामा परिएला (भिडियोसहित)
काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि प्रहरीले नयाँ नियमको व्यवस्था लागू गरेको छ । सडकको लेन अनुशासन अनुसार सवारी सञ्चालन नगर्दा बढी सवारी जाम हुने गरेको निष्कर्ष निकालेको ट्राफिक प्रहरीले लेन छुट्याउन तानिएको सिधा सेतो लाईन काटेर नियम विपरित दायाँ मोड्दा कारबाही गर्न थालेको छ । अब तोकिएको स्थान बाहेक अन्य ठाँउबाट दायाँ मोड्न नपाइने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै ट्राफिकले स्कूल बस तथा ढुवानीका सवारी साधनमाथि पनि कडाई गरेको छ । बिहान ९ देखि ११ र अपरान्ह ४ देखि साँझ ६ बजेसम्म चक्रपथ भित्र कुनै पनि स्कूल बस र ढुवानीका साधन चलाउन नपाइने गरी प्रहरीले नियम बनाएको छ ।
ट्राफिकले ल्याएको नियमप्रति विद्यालय सञ्चालक तथा व्यवसायी भने खुसी छैनन् । उनीहरुले आफूहरुसँग परामर्श नै नगरी ट्राफिकले नयाँ नियम ल्याएको आरोप लगाउँदै आएका छन् ।
हेर्नुहोस भिडियो रिर्पोट