इन्दिरालाई भन्छिन् , 'मलाई आत्मविश्वासी पुरुष चाहिन्छ'

इन्दिरालाई  भन्छिन् , 'मलाई आत्मविश्वासी पुरुष चाहिन्छ'

नेपाली सांगीतिक क्षेत्रमा इन्दिरा जोशीलाई एउटी ‘प्याकेज' गायिका मानिन्छ । स्वरमा मिठासपन, रूपमा राम्री, ग्ल्यामरस छवि, पर्फेक्ट ड्रेस सेन्स अनि स्टेजमा दमदार प्रस्तुति । यिनै कुराको संयोजनले उनलाई सफलताको स्वाद चखाएको हो ।

उनको उमेरसमूहमा यतिका चर्चा र सफलता पाउने नेपाली युवा कमै छन् । नवलपरासीमा जन्मेकी इन्दिराले अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, क्यानडा, कतार, ब्रुनाई, स्विट्जरल्यान्डलगायत ३० भन्दा बढी मुलुकमा आफ्नो प्रस्तुति दिइसकेकी छन् ।

लुट, नाइँ नभन्नु ल ४, ठूलीलगायत डेढ दर्जन चलचित्रमा समेत स्वर दिइसकेकी इन्दिरा र अशोकप्यासी राईबीच भएको कुराकानीको मुख्य अंशः

हिजोआजको दिनचर्या ?
विन्टर सिजन महोत्सवको मौसम हो । केही चलचित्रका गीत पनि रेकर्ड भइरहेका छन । अहिले म डिजिटल म्यागेजिन ‘एन म्याग' को एड्मिनिस्टेरका रूपमा पनि काम गर्दैछु ।

आत्मविश्वासी, मेहनती र प्रगतिशील पुरुषले मलाई आकर्षित गर्छ । भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने हिम्मत हुनुपर्छ । 

गीत गाएर यो स्थानसम्म आइपुगिएला भन्ने कल्पना गर्नुभएको थियो ?
संगीत मलाई मनपर्ने क्षेत्र हो तर मैले तार्गेट चाहिँ तय गरेको थिइनँ ।

संगीतमा के कुराले आकर्षित गरिरहन्छ ?
आत्मसन्तुष्टि, विश्व भ्रमण गर्ने अवसर, स्टेज प्रस्तुतिको रमाइलो, श्रोताले गीत मन पराइदिँदाको मजा सबै पक्षले लोभ्याउँछ ।

सुन्दर र ग्ल्यामर छवि भएका गायिकाले राम्रो प्रिभिलेज पाउँछ भनिन्छ नि ?
पफमिङ आर्टिस्टका लागि त्यो स्वाभाविक हो । उनीहरू आकर्षित हुन जरुरी पनि छ । विश्वमा त पफमिङ आर्टिस्टले आफूमा भएको तीनचार प्रतिभा एकैसाथ देखाउन सक्छ । नेपालमा त्यो भावनाको विकास अझै भएको छैन ।

आफ्नो स्वर कि रूपको प्रशंसा सुन्दा खुसी लाग्छ? पहिलो त स्वर नै हो । गीत राम्रो भयो भने स्टेज हुँदै श्रोतादर्शकसम्म पुगिने हो । त्यसपछि मात्रै रूपको कुरा आउँछ ।

अहिलेसम्म कति जति गीत गाउनुभयो होला ?
मैले संख्यालाई महत्व दिइनँ । धेरैभन्दा पनि श्रोतादर्शकले रुचाउने गीत गाउन पाइयोस् भन्ने मलाई लाग्छ ।

सुरुमा गायनमा लाग्छुभन्दा परिवारको प्रतिक्रिया ?
सानै उमेरदेखि म विभिन्न प्रतियोगितामा भाग लिन्थेँ । संगीत क्षेत्रप्रतिको मेरो रुचि र चाहनामा परिवारको सधैं साथ र समर्थन रह्यो ।

आफूले गाएकामध्ये आफ्नो विचार र दर्शनसँग मिल्ने गीत ?
विचार दर्शनभन्दा पनि मैले आफैं रचना गरेको ‘जाउँ कि नजाउँ' बोलको गीत समय सान्दर्भिक लाग्छ । विदेश जाउँकी देशमै रहुँ भन्ने दोधारमा रहनेको भावना गीतमा छ । धेरै नेपालीमा यस्तो दोधार छ अहिले ।


तपाईंले बढी सुन्ने गायकगायिका ?
चलेका प्रायः सबैको गीत सुन्छु । अंग्रेजी हिन्दी गीत पनि त्यत्तिकै सुन्छु ।

आफ्नो कुन पक्षमा तपाईंलाई गौरव लाग्छ ?
आफूभन्दा पनि आफ्नो पेसाप्रति चाहिँ गौरव लाग्छ । म जे काम गर्छु खुसीका साथ गर्छु ।

आफ्नो सुधार्नु पर्ने पक्ष पनि होला नि ?
सुधार्नुपर्ने त गायन नै लाग्छ । स्वरलाई कसरी प्रभावकारी बनाउने भन्ने चिन्ता भइरहन्छ ।

नेपाली तारामा भाग नलिएको भए करियर के हुन्थ्यो होला ?
मैले त्यसरी सोचेको छैन । तर त्यो टर्निङ प्वाइन्ट चाहिँ लाग्छ ।

नेपाली संगीत क्षेत्र त खासै फस्टाउन सकेन नि ?
विस्तारै राम्रो हुँदै छ । नेपालमा अरू सबै क्षेत्र पनि उस्तै छ । जनसंख्याको दृष्टिले बरु संगीत क्षेत्र नै राम्रो लाग्छ ।

विवाह गर्ने बेला भएन अब ? 
विवाह त गर्नैपर्छ तर अहिले व्यस्तताले त्यसबारे सोच्ने फुर्सद नै छैन । घरपरिवारबाट पनि विवाहका लागि दबाब छैन ।

अहिलेसम्म कति जतिले प्रपोज गरे होलान् ? 
विभिन्न माध्यमबाट प्रपोज त आइरन्छ । गन्ने कुरा भएन । त्यस्ता प्रपोजहरू गीत मन पराएकै कारण गर्ने भएकाले त्यसलाई सामान्य रूपमा लिनुपर्छ ।

पुरुषको कुन पक्षले आकर्षित गर्छ ?
आत्मविश्वासी, मेहनती र प्रगतिशील हुनुपर्छ । मैले पनि धेरै मेहनत गरेर प्रगति गरेकी हुँ । भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने हिम्मत हुनुपर्छ ।

जीवनमा अफसोस लाग्ने केही गल्ती गरे जस्तो लाग्छ ?
सामान्य काजोरीहरू त भए होलान् तर जिन्दगीमै अफसोज लाग्ने त्यस्तो गल्ती भएको छ जस्तो लाग्दैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.