पुरुष फुटबल फाइनलको पहिलो हाफमा आर्मीमाथि सशस्त्र प्रहरीको दुई गोल

पुरुष फुटबल फाइनलको पहिलो हाफमा आर्मीमाथि सशस्त्र प्रहरीको दुई गोल

धरानः सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरीको (एपीएफ)ले दुई गोल गरेको छ। दुवै गोल एपीएफमा अञ्जन विष्टले गरेका छन् ।

एपीएफ बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले हराउँदै फाइनलमा पुगेको हो । यता नेपाली सेना भने मध्यमाञ्चललाई ट्राइबेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा आर्मीको जितमा जितेन्द्र कार्की, दीपक गुरुङ, सुमन अर्याल, विकेश कुथु, दीप लामा, पदम तामाङ र राजु तामाङले गोल गरेका थिए । मध्यमाञ्चलका सञ्जीव कार्की, कुलदीप कार्की, सन्तोष सिंह, आदित्य शाक्य, नीरबहादुर आले, दिनेश हेन्जनले मात्र गोल गरे । आर्मीका नवयुग श्रेष्ठको पेनाल्टी सुट मध्यमाञ्चलका गोलरक्षक दीपेश यादवले बचाएका थिए ।

मध्यमाञ्चलका एरिक विष्टको पेनाल्टी प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । जितबहादुर मगरको पेनाल्टी प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारिदिएका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच मध्यमाञ्चलका श्यामबाबु मगर घोषित भए । उनले लक्ष्मी राई प्रतिष्ठानका तर्फबाट पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.