यात्रा

यात्रा

स्टेसनबाट छुटेको बसझैं
एकपछि अर्को गर्दै छुट्दै जाँदा रहेछन्
साथहरू
बच्चामा पुतली, कपर्दी खेल्दाका साथी
गोठाला जाँदा, दाउरा, घाँस गर्दा
कलेज पढ्दाका संगी
क्रमशः एकपछि अर्को गर्दै
छुट्दै जाँदा रहेछन्
थाहै नपाई
बाढीले पाखा लगाएका काठका मुढाझैं
रहँदो रहेछ त केवल
जिन्दगीका तीता मीठा याद !
उमेरका पन्ना पल्टँदै जाँदा
अनुभवका दराजहरू भरिँदै जाँदा
आखिर एक्लिँदै जाँदो रहेछ मान्छे
स्टेसनबाट छुटेको बसझैँ
एकपछि अर्को गर्दै छुट्दै जाँदा रहेछन्
साथहरू ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.