भोलिदेखि काठमाडौँ र पोखरामा एनटीसीको फोरजी सेवा
काठमाडौंः टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौथो पुस्ता (फोरजी) सेवा सुरु गर्ने भएको छ । टेलिकमले पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्न दूरसञ्चार प्राधिकरणबाट स्वीकृति पाएको थियो ।
पहिलो चरणमा काठमाडौं र पोखराका तीन लाख ग्राहकले फोरजी सेवा प्रयोग गर्न पाउनेछन् । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्ने छ ।
त्यसमा टेलिकमले १० मेगाहर्जबाट टुजी र थ्रिजी निरन्तर गर्नेछ भने पाँच मेगाहर्जबाट फोरजी सञ्चालन गर्नेछ । उनका अनुसार फोरजी सेवा सञ्चालनमा आएपछि ३२.४ एमबीपीएसको गतिमा डाटा उपलब्ध हुनेछ जुन थ्रिजीको तुलनामा दोब्बरभन्दा बढी हो ।
फोरजीको क्षमता बिस्तारै बढाएर ७५ एमबीपीएससम्म पुर्याउने योजना टेलिकमको छ ।