अमेरिकामा तीन दिनसम्म ल्होसार मनाइने

अमेरिकामा तीन दिनसम्म ल्होसार मनाइने

काठमाडौं: अमेरिकाको न्युयोर्कमा तीन दिनसम्म सोनाम ल्होसार मनाइने भएको छ । तामाङ सोसाइटी अफ अमेरिका (टिएसए) को आयोजनामा हुने ल्होसार कार्यक्रममा २० राज्यका प्रतिनिधि सहभागी हुनेछन्।

ज्याकसन हाइटमा पत्रकार सम्मेलन गरी टिएसले तीनदिन ल्होसार मनाउने जानकारी गराएको छ । टिएसएका अध्यक्ष शान्त बाबु थोकरले भने, ‘पहिलो दिन उत्तर अमेरिकाका तामाङलाई एकीकृत गर्ने उद्देश्यका साथ प्रबुद्ध व्यक्ति रहने गरी उत्तर अमेरिका तामाङ सम्मेलनको लागि विशेष तयारी बैठक हुनेछ ।’

बैठकले उत्तर अमेरिकामा छरिएर रहेको तामाङलाई एकताबद्ध गर्न एकीकृत संयन्त्र र संरचनाको विकास गर्दै २०१७ मा सम्पन्न हुने गरी ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ को मिति र स्थान घोषणा गर्ने अध्यक्ष थोकरले जानकारी दिए ।

जनवरी २८ मा हुने ल्होसारमा नेपालका चर्चित कलाकारको प्रस्तुति समेत रहने छ । सोही अवसरमा सम्मान कार्यक्रमसमेत रहने छ ।
तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र निर्माणका लागि ८५ हजार डलर संकलन भइसकेको बताउँदै अध्यक्ष थोकरले ल्होसारमा १ लाख ५० हजार जम्मा गर्ने लक्ष्य रहेको बताए ।

तामाङ केन्द्रका लागि यसअघि नै केन्द्रका संयोजक इन्द्र तामाङले आफ्नो तर्फबाट एक लाख डलर प्रदान गर्ने घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.