डल्ला होमस्टे, जहाँ बेलायती राजकुमारले रात बिताए (भिडियो)
नेपालमा पर्यटन व्यवसायलाई संस्थागत गर्न पछिल्लो समय होमस्टेले राम्रो भूमिका खेलिरहेको छ । जसको एक उदाहरण हो बर्दियाको डल्ला होमस्टे ।
२०६७ सालको फागुनमा सुरु भएको यो होमस्टेले अहिले बर्दियाकै चिनारी परिवर्तन गरिदिएको छ ।
डल्ला होमस्टेमा गाउँले परिबेसमा बास बस्नुका साथै नयाँ परिकारको स्वाद तथा स्थानीय थारु कला, संस्कृतिको अवलोकन गर्न पाइन्छ । जसका कारण नेपाली तथा विदेशी पर्यटक अहिले डल्ला होमस्टेमा रमाउने गरेका छन् ।
पछिल्लो समय बेलायती राजकुमार ह्यारी डल्ला होमस्टे पुगेका थिए । ह्यारीको उपस्थितिपछि यो होमस्टे विश्वमाझ चिनिएको हामेस्टे सञ्चालिका चम्फी योगी बताउँछिन् ।
हेर्नुहोस भिडियो रिर्पोट