दुर्घटनामा युवाको मृत्यु भएको विरोधमा फिदिम बजार बन्द

दुर्घटनामा युवाको मृत्यु  भएको विरोधमा फिदिम बजार बन्द

फिदिमः पाँचथर रानिगाँउका एक युवालाई यात्रुबहाक बसले किचेर मारेको विषयमा आइतबार अचानक फिदिम बजार र यातायात बन्द गरिएको छ ।

को १ ख ३५६१ नम्बरको बसले किचेर गत शुक्रबार इलामको कोल्बुङ भन्ने स्थानमा रानीगाँउका विशाल सम्बाहम्फेको मृत्यु भएको थियो ।

दोषीलाई कारबाही गर्न भन्दै पीडित परिवारले दिएको उजुरी प्रहरीले दर्ता गर्न नचाहेको भन्दै सम्बाहम्फेका आफन्त र फिदिम बजारका युवाले अनिश्चितकालील बजार र यातायात बन्द गरेका हुन्।

मृतक सम्बाहम्फे फुटबल खेलाडी हुन् । उनी पाँचथरबाट झापा जाने क्रममा इलामको कोल्बुङमा गाडीबाट ओर्लिएर सेल्फी लिने क्रममा पछाडीबाट आएको बसले किचेर मारेको थियो ।

मृतक सम्बाहम्फेका काका शिव सम्बाहम्फेका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म फिदिम बजार र यातायात बन्द गर्ने तयारी छ । पीडित परिवार र फिदिमका युवाले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र उचित क्षतीपूर्ति दिनुपर्ने माग राखेका छन् । अहिलेसम्म गाडी चालकलाई नपर्किनु र जाहेरी दर्ता गर्न प्रहरीले नमान्नुमा आफूहरु असन्तुष्ट भएको बताएका छन् ।

प्रहरीले भने पीडित पक्षबाट ठाडो उजुरी मात्र आएकाले कारबाहिको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । पीडित पक्षबाट जाहेरी आए तत्काल कारबाही अघि बढ्ने प्रहीको भनाइ छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । तीन दिनसम्म पनि मृतक सम्बाहम्फेको पोष्टमार्टन हुन सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.