खम्बामा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

खम्बामा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

धनुषा: सडक छेउको खम्बामा मोटरसाइकल ठोक्किएर क्षिरेश्वरनाथ नगरपालिका– ८ हरैयाका ४० वर्षीय जितेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार गएराति १ बजे ज ७ प ३८४५ नम्बरको मोटरसाइकलमा यादव जनकपुरबाट घर जान लागेका बेला जनकपुरको पिंडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको हो।

शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.