नुवाकोट र रसुवामा हिमपात (फोटोफिचर)

नुवाकोट र रसुवामा हिमपात (फोटोफिचर)

नुवाकोटः शनिबारदेखि छिटफुट बर्षा भएपछि आइतबार नुवाकोट र रसुवाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपात सुरुभएपछि हिमाली क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपात सुरु भएपछि भूकम्प पीडितको विचल्ली भएको छ । भुकम्पपीडित चोक तथा घर भित्र बसेर दाउरा बाल्दै न्यानो लिइरहेका छन्।

पानी परेपछि रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात भएको रसुवाका पर्यटन व्यवसायीले जानकारी दिए । गोसाइकुण्ड पदमार्गमा रहेको चोलाङपाटीदेखि नै हिमपात भएको छ।

हिमपात सुरुभएपछि लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा रहेका पर्यटक फर्किन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.