हिमपातले जाडो बढ्यो

हिमपातले जाडो बढ्यो

काठमाडौं: पश्चिमी वायु नेपाल प्रवेश गरी तापक्रम घट्दा अघिल्ला वर्षको तुलनामा यस वर्ष जाडो बढ्ने अनुमान गरिएको छ । हिउँदे वर्षा ढिलो भए पनि तुवाँलो र हुस्सुले ढाक्दा तापक्रम घट्दो क्रममा थियो । शनिबार र आइतबार उपत्याकासहितका विभिन्न स्थानमा हल्का वर्षा भएपछि भने जाडो बढेको छ ।

जल तथा मौसम विभागको तथ्यांकअनुसार हिउँदयामको सुरुमै न्यूनतम ४.४ डिग्री तापक्रम पुगेको थियो । साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोप) को दुई महिनाअघि भुटानमा सम्पन्न सम्मेलनले नेपालको मौसमको पूर्वानुमान गरेको थियो । सम्मेलनले नेपालमा हिउँदे वर्षा पश्चिम र सुदूरपश्चिममा बढी हुने तथा पूर्व र मध्यमाञ्चलमा कम वर्षा भए पनि ओसिलो हुँदा जाडो बढ्ने अनुमान गरेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने भएकाले चिसो बढ्ने पौडेलको भनाइ छ ।

शनिबारदेखि इरान हुँदै भारतको जम्मु कास्मिर क्षेत्रबाट जलवाष्प (मोइस्चर) नेपाल भित्रिएपछि मौसममा परिवर्तन आएको छ । जलवाष्प टाढाबाट आउँदा पानी कम पर्ने भए पनि ओस बढ्दा जाडो बढ्ने विभागको अनुमान छ । यही क्रममा शनिबारदेखि देशभरको तापक्रम घट्नुका साथै छिटफुट वर्षासमेत भएको छ ।

आइतबार उपत्यकासहित पूर्वी तराई र पहाडी क्षेत्रमा पानी परेको छ भने हिमाली जिल्लामा हिमपात भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

भिडियो हेर्नुहोस्

सन् २०१६ जनवरी पहिलो साता अधिकतम तापक्रममा १८.८ डिग्री थियो भने सन् २०१७ को पहिलो दिन आइतबार तापक्रम १९.५ डिग्री पुगेको छ । उपत्यका र पूर्वी पहाडमा शनिबार शून्य दशमलव एक मिलिलिटर वर्षा भएको छ भने गत वर्ष जनवरी पहिलो साता वर्षा भएको थिएन ।

डडेलधुरा, दिपायलमा साताअघि नै हिउँदे वर्षा भइसकेको छ । बझाङ, बाजुरामा पनि हिमपात भइसकेको छ । मंगलबारदेखि क्रमिक रूपमा मौसममा सुधार आउने विभागले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस छ । मौसममा ८१ प्रतिशत ओस छ ।

तराईका बारा, पर्सा, नवलपरासी, रूपन्देहीमा बाक्लो हुस्सु लागेको छ । सुदूर र मध्यपश्चिमका तराईका जिल्लामा भने मौसम सफा रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । यस वर्षको न्यूनतम तापक्रम डिसेम्बर ९ मा ४.४ डिग्री सेल्सियसमा झरेको थियो ।

शनिबार जुम्लामा माइनस ३ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ भने अधिकतम विराटनगरमा २६.६ डिग्री सेल्सियस छ । संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, जुम्ला, मनाङ, मुस्ताङ, मुगुको उच्चहिमाली भेगमा हिमपात भइरहेको छ । बंगालको खाडीबाट आउने मनसुनी वर्षाले जुनदेखि सेप्टेम्बरसम्म ८० प्रतिशत वर्षा हुन्छ ।

विभागले शनिबारदेखि बदलिएको मौसम सोमबारसम्म उस्तै रहने अनुमान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.