शीर्ष बैठक निश्कर्षबिना सकियो, संसद्‌मा संभावित भिडन्त रोक्न दलहरु सकारात्मक

शीर्ष बैठक निश्कर्षबिना सकियो,  संसद्‌मा संभावित भिडन्त रोक्न दलहरु सकारात्मक

काठमाडौं : अवरुद्ध संसद खुलाउन तथा गतिरोधको निकास खोज्न सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निश्कर्षबिना सकिएको छ।

संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा नभइकन संसद् चल्न नदिने अडान एमालले नछोडेपछि बैठक निश्कर्षबिना टुंगिएको हो। सोमबार बोलाइएको संसद्को बैठक पनि अवरुद्ध हुने भएको छ।

संविधान संशोधन प्रस्तावलाई बलपूर्वक संसद्‌मा प्रवेश गराएर भिडन्त वा मुठभेडको अवस्था आउन दिन नहुनेमा नेताहरुबीच एक खालको समझदारी भएको छ र दुईपक्षीय छलफल गरेर सहमतिको वातावरण बनाउन नेताहरु सकारात्मक देखिएका छन्।

बैठकपछि बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको अबरोध नहट्ने बताए। उनले सरकारले पहिले संशोधन प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्नु पर्ने बताए।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले पुरानै अडान दोहोर्‍याएकोले बैठक निकर्षमा पुग्न नसकेको बताए।उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनु पर्छ अनि मात्रै संसद खोल्छौं भन्नुभयो। त्यसपछि सहमतिको प्रयास असफल भयो। सहमतिका लागि छलफल भने जारी राख्ने कुरा भएको छ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका शीर्ष नेताहरु सहभागी थिए। कांग्रेस नेता पौडेलले आफूहरुले बैठकमा तराई मधेसको समस्या हल गर्दै मधेसवादी दलहरुलाई सहमतिमै प्रमुख चार शक्ति एकजुट भएर अघि बढ्नु पर्ने राखेको अन्नपूर्ण अनलाइनसँग बताए।

यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकबाट बाहिरिएपछि भने, 'आज कुरा मिलेन। थप छलफल गरेर सहमति खोज्न सकारात्मक छलफल भएको छ।'एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने अडान दोहोर्याएपछि वैठकमा कुरा नमिलेको बताए। उनले भने,‘एमालेले आफ्नो पुरानै अडान दोहोर्यायो। हामीले संविधान संशोधन प्रस्तावसँगै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव राखेका थियौं। तर, उहाँहरुले अडान छोड्नु भएन।’ श्रेष्ठले छलफलको प्रयास भने जारी राख्ने सहमति भएको बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा संविधान संशोधन प्रस्ताव, संसदमा जारी अबरोध, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो।

संसद्को बैठक सोमबार अपरान्ह १ बजे बोलाइएको छ। संविधान संशोधन प्रस्तावलाई प्रक्रिया लैजाने सरकारको निर्णय र चुनाव घोषणा नभइकन संसद् चल्न नदिने एमालेलगायतका विपक्षीको अडानका कारण संसद् उत्पन्न हुनसक्ने तनाव तथा मुठमेड रोक्न पनि मुख्य दलका नेताहरु बिहानैदेखि छलफलमा व्यस्त छन्। एमालेलगायतका विपक्षीको अवरोधका कारण एक महिनादेखि संसद् अवरुद्ध छ।

यसअघि संसदमा जारी अबरोध हटाउने विषयमा आइतबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। सभामुख ओनसरी घर्ती पनि गतिरोध हटाउन बिहानैदेखि परामर्शमा व्यस्त छिन्। उनले दलका नेताहरुसँग विभिन्न चरणमा छलफल गरिरहेकी छिन्।

संसदको गतिरोध अन्त्य, संविधान संशोधन प्रस्ताव, स्थानीय निर्वाचन लगायतका विषयमा प्रमुख दलहरुबीच पटक पटक छलफल भएपनि बैठक निष्कर्षमा पुग्न सकेको छैन। सरकारले मंसिर १४ गते दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेलगायतका दलहरुले संसद अबरुद्ध गर्दै आएका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरुले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव राष्ट्र हितविपरित रहेको भन्दै त्यो फिर्ता नलिएसम्म संसद अबरुद्ध जारी राख्ने बताउँदै आएका छन्। तर, सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र लगायतका दलरुले भने संशोधन प्रस्ताव संसदमा छलफल गर्न दिनु पर्ने बताउँदै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.