शिक्षित युवालाई उद्यमशीलता

शिक्षित युवालाई उद्यमशीलता

नेपाल सरकारले हालका वर्षहरूमा स्वदेशमै उद्यमशीलताको विकास गर्ने र युवामा नवीनतम उद्यमीय सोच तथा ज्ञानको सदुपयोग गर्ने लक्ष्यका साथ ‘स्टार्टअप फन्ड’को लगानी अवधारणा अगाडि बढाएको छ । सरकारी बजेटसहितको यो कार्यक्रम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अगाडि बढाइँदैछ ।

अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले चल्तीमा आइसकेको र प्रभावकारीसमेत मान्न थालिएको लगानीको यो अवधारणा नेपालका लागि भने नयाँ हो । छिमेकी भारतकै कुरा गर्ने हो भने नरेन्द्र मोदी सरकारले हाल स्टार्टअप फन्डको अवधारणामा धेरै नयाँ उद्योग स्थापनाको काम अगाडि बढाइरहेको छ । र, ठूलो बजेटमार्फत लगानीको यस अवधारणामा खर्च गरिरहेको छ ।

risab-gautamखासगरी शिक्षित युवालाई विकास निर्माणमा परिचालन गर्ने र तिनीहरूलाई रोजगार बनाएर उद्यमी बनाउने यस अवधारणाको उद्देश्य देखिन्छ । वास्तवमै, यो अवधारणा राष्ट्रको आर्थिक–सामाजिक विकास र सन्तुलनका लागि अत्यन्त वैज्ञानिक पनि छ । हालका वर्षमा नेपालमा युवाले उच्चशिक्षा हासिल गर्न थालेका छन् । तर, त्यसरी शिक्षित हुनेहरूको संख्या ह्वात्तै बढे पनि रोजगारी बढ्न सकेको छैन ।

स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा विश्वभर नेपाली युवाको पलायन बढिरहेको छ । स्टार्टअप फन्ड स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयमा अध्ययन गरेर आएका, नवीनतम ज्ञान, सीप र सोच भएका तर लगानी गर्न पैसा नभएका युवा परिचालन गरेर रोजगारीका अवसर सिर्जना गर्न ल्याइएको अवधारणा हो ।

त्यसलाई नेपालमा पीपीपी मोडेलमा कार्यक्रम बढाउने गरी इमर्जिङ नेपाल लिमिटेडको स्थापना भएको छ । त्यसले स्टार्टअप फन्डको अवधारणाका लागु हुने गरी कामसमेत थालिसकिएको छ । इमर्जिङ नेपाल लिमिटेडमा सरकार र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरू मुरारका, गोल्छा, दुगड र आईएमई गु्रपलगायतले संस्थागत लगानी गरेका छन् । जसबाट ऋण नभई सेयर लगानी गरी नवीनतम सोचका व्यवसायलाई सहयोग गर्ने सरकारले बताइरहेको छ ।

स्टार्टअप फन्डको लगानी अवधारणाले लगानी विस्तार गर्ने मामिलामा नयाँ सोच दिन सक्छ।

वास्तवमा, यो कार्यक्रम स्वदेशमै केही गर्न चाहने पढेलेखेका युवाका लागि अत्यन्त महŒवपूर्ण अवसर हो । तर, कार्यक्रमबारेको जनचेतना कमजोर देखिन्छ । खासगरी, युवा जनशक्ति सिर्जनशील भए पनि अधैर्य हुने भएकाले यस्ता कार्यक्रम कम झन्झटिलो, बहुप्रभावकारी र युवा आकर्षित हुन
जरुरी छ ।

जोखिम कम भएको र लगानीका लागि उपयुक्त तथा दीर्घकालीन फाइदाको क्षेत्रमा लगानी गर्ने यसको अवधारणा भएको कारणले लगानी डुब्ने सम्भावना निकै कम हुन्छ । त्यसमाथि युवाले ल्याउने योजनामध्येबाट नवीनतम योजनाको उचित मापदण्ड अपनाएर छनोट गरी लगानी गर्ने कारण यो अवश्य प्रभावकारी हुन्छ ।

हालका वर्षमा बैंकहरूमा तरलता बढिरहे पनि लगानीका क्षेत्र पहिल्याउन नसक्दा नयाँ उद्योग, कलकारखाना खुल्न सकेका छैनन् । स्टार्टअप फन्डको अवधारणाले लगानी विस्तार गर्ने मामिलामा अवश्य नयाँ सोच दिन सक्छ । उच्च अध्ययन गरेका युवाको अध्ययन र अनुसन्धानबाट आउने यस्ता व्यावसायिक योजनाको सुरुवात र त्यसको कार्यान्वयनबाट सिंगो मुलुककै आर्थिक विकासमा ठूलो योगदान पुग्छ ।


यो अवधारणा लागु गर्न बनेको ‘इर्मजिङ नेपाल लिमिटेड’ नामक कम्पनीको अधिकृत पू“जी पा“च अर्ब, जारी पूँजी एक अर्ब र चुक्ता पूँजी १० करोड रुपैया“ छ । पूँजीका हिसाबले अहिलेलाई कम्पनी सानै भए पनि क्रमशः सफल एवं विस्तार गर्दै लग्न सकिन्छ । लगानीको यो अवधारणा समय सान्दर्भिक छ । र, यसलाई अगाडि बढाउन उचित हुने देखिन्छ ।

यसले अध्ययन, अनुसन्धान गरेर सैद्धान्तिक ज्ञान हासिल गरेका युवाको ज्ञानलाई व्यवहारमा ल्याउने अवसर पनि प्रदान गर्नेछ । व्यापार र वाणिज्यशास्त्र पढेकाहरूले व्यापार/व्यवसाय नगर्ने तर सैद्धान्तिक ज्ञान नभएकाहरूले परम्परागत ढंगले व्यापार गर्ने चलनमा पनि यसले परिवर्तन ल्याउने छ । राज्यले गरिबी हटाउन र समृद्धिको सुरुवात आफ्नै पौरखी युवा युवतीको माध्यमबाट गर्न आवश्यक छ । यसरी मुलुकमा उद्यमशीलताको विकास गर्न स्टार्टअप फन्डजस्ता लगानीका नयाँ अवधारणामा राज्यले विशेष लगानी र प्राथमिकता दिएर अगाडि बढ्न जरुरी देखिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.