गोरखामा विस्फोटक पदार्थ भेटियो

गोरखामा विस्फोटक पदार्थ भेटियो

गोरखा  गोरखाको स्वाँराको जंगलमा ठूलो परिमाणमा डेटोनेटर फेला परेको छ । स्वाँरा ९ थलास्थित जङ्गलमा लुकाइराखिएको अबस्थामा सो बिस्फोटक सहायक सामग्री भेटिएको हो ।

आइतबार बेलुका बाख्रा गोठालाले सो शंकास्पद सामान भेटेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासीको सूचनापछि इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक गौतम बोहोराको टोली त्यसतर्फ गएको छ ।

उनका अनुसार तीन हजार नौसय ४१ थान डेनोनेटर भेटिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए ।  सो बिस्फोटक पदार्थ माओवादी युद्धकालको हुन सक्ने उनले बताए । बोरा कुहिएको अबस्थामा डेटोनेटर रहेको उनले बताए । सोमबार साँझसम्म ती सामग्री सदरमुकाम ल्याइसक्ने प्रहरी उपरीक्षक पाण्डेयले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.