'संसदमा विपक्षी दललार्इ पेलेर जान खोजे प्रतिकार गर्छाैं'

'संसदमा विपक्षी दललार्इ पेलेर जान खोजे प्रतिकार गर्छाैं'

भक्तपुर: नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दलले संसदमा पेलेर जान खोजे आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्।

एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताए।

उनले भने,'५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसदमा छलफल र पारित गर्न दिने छैनौँ। आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ।’

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उनले उल्लेख गरे। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.