रारा पछि दोस्रो गन्तव्य दैलेख

रारा पछि दोस्रो गन्तव्य दैलेख

दैलेखः रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् ।

अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा पर्यटकको चहलपहल बढेको हो । दैलेखको माथिल्लो ढुङ्गेश्वरबाट शिरीस्थान पुग्न करिब २० किलोमिटरको सहज यात्रा भएकाले पनि जो कोहीका लागि शिरीस्थान पुग्न सहज भएको जुम्लाका पर्यटक घनश्याम नगरकोटीले बताए ।

सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लाबाट रारा पुग्ने पर्यटक फर्कने बेला शिरीस्थान हेरेर फर्कने गरेका छन् भने जुम्ला, हुम्ला, मुगुबाट समेत आन्तरिक पर्यटक दैलेखको शिरीस्थान आउने गरेका छन् । मुगुबाट दैलेखको शिरीस्थान हेर्न आएकी चेतना शाहीले यो क्षेत्र धार्मिक, पर्यटकीय र औद्योगिक दृष्टिले पनि महत्वपूर्ण भएको बताइन् ।

पञ्चकोसी क्षेत्र मध्येको निकै महत्वपूर्ण क्षेत्र मानिएकोे अखण्ड ज्वाला हेर्न भदौदेखि मङ्सिरसम्म १० हजार बढी आन्तरिक र बाह्य पर्यटक आएका छन् ।
उद्योग वाणिज्य सङ्घका महासचिव नरेन्द्र थापाले शिरीस्थान, नाभीस्थान लगायतका विभिन्न एक सय बढी स्थानमा अहिले पनि ग्यास बलेको देख्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै बताए ।

प्रारम्भिक अनुसन्धानका आधार निरन्तर ज्वालाका रुपमा बलेको पदार्थ सिधै सिलिन्डरमा भर्न सकिने ग्यास भएको र यसको खानी पनि दैलेखमै रहेको थाहा पाएर जिल्लाका बासिन्दा झनै उत्साही बनेका छन् ।

यो क्षेत्रको थप अनुगमन र भ्रमण गर्नेको सङ्ख्यासमेत पछिल्ला दिनमा बढ्दै गएको छ । सरकारले यहाँ रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी राष्ट्रको आर्थिक अवस्था सुधार्नुपर्ने जिल्लावासीको माग रहेको सङ्घका अध्यक्ष शान्ति शर्माले जोड दिए ।

जिल्लाका सांसदले बारम्बार सरकारले उत्खननको काम छिटो गर्न दवाव दिए पनि सरकार परिवर्तनसँगै ग्यास उत्खननका सबै कार्य बन्द भएको सांसद अमर थापाले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.