संशोधन विधयेक अघि बढाउन दलीय सहमति आवश्यकः थापा

संशोधन विधयेक अघि बढाउन दलीय सहमति आवश्यकः  थापा

भीमदत्तनगरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताएका छन् ।

मिडिया नेपाल, कञ्चनपुरले सोमबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गरे ।

‘राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँछ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने–‘यथास्थितिमा हाम्रो पार्टीले पनि सहयोग गर्दैन ।’

मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै उनले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताए । संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै उनले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिए ।

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

अर्का वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले लामो समय संसद् अवरुद्ध हुनु उपयुक्त नभएको बताउँदै ८१ प्रतिशत हिन्दू रहेको मुलुकमा ठूला दलले धर्म निरपेक्ष घोषणा गरेर गम्भीर त्रुटी गरेको टिप्पणी गरे ।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.