प्रदेश नम्बर-१ को राजधानी इटहरी!

प्रदेश नम्बर-१ को राजधानी इटहरी!

इटहरी: नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएकी छिन्।

रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सञ्चारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा उनले प्रदेश नं ५ का कसैले पनि सीमाङ्कन फेरबदलको कुरा समेत नउठाएका विषयमा सरकारमा सहभागी राजनीतिक दलले प्रस्ताव ल्याएर मुठभेट निम्त्याउने कार्य गरेको आरोप लगाए। 

उनले प्रदेश नं १ को राजधानी इटहरी हुन सक्ने प्रबल सम्भावना बढिरहेको तथा सुनसरी, मोरङ र झापा कुनै पनि हालतमा २ नं प्रदेशमा जाने परिकल्पनासम्म गर्न नसकिने जिकिर गरे। 

त्यस अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आर्थिक वर्ष २०७४/७५ का लागि १६ करोड १२ लाख नौ हजार पाँच सय रुपैयाँको बजेट सार्वजनिक गर्दै नगरपालिकालाई वातावरणीय हिसाबले स्वच्छ बनाउने अभियानलाई जोड दिने नीति तथा कार्यक्रम बजेटमा भएको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.