भारतमा जिप दुर्घटना, चार नेपालीको मृत्यु

भारतमा जिप दुर्घटना, चार नेपालीको मृत्यु

धनगढीः भारतमा भएको जिप दुर्घटनामा परी चार नेपालीको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।

कञ्चनपुरको दोधाराचाँदनीबाट भारतको बाटो हुँदै बैतडीको सर्माली–२ तर्फ जाँदै गरेका नेपाली चढेको जिप भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा पर्ने लोहाघाटमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको हो।

यूके ०३ टीए ०७२२ नम्बरको बोलेरो जीप रौलगाँव नजिकको भीरबाट खस्दा दोधाराचाँदनीका ६२ वर्षीय गोविन्द साउद, उनका भाइ ५४ वर्षीय वाशुदेव साउद, अर्का भाइ शिवराज साउदकी श्रीमती ५७ वर्षीया गोमतीदेवी साउद र पाँच वर्षीय भतिजा आयुश साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तीन जनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बैतडीको सर्माली गाविसमा रहेको नागार्जुन मावि प्रधानाध्यापक महामल सिंह साउदले जानकारी दिए।  जिप भीरबाट झण्डै तीन सय मिटर तल खसेको र क्षमताभन्दा बढी १६ जना यात्रु चढाएको पाइएको छ। दुर्घटना आइतबार बेलुकी भएको भएपनि सोमबार घर नपुगेपछि, खोजबिन गर्दा दुर्घटना भएको पत्ता लागेको बैतडीका स्थानीय पत्रकार लोकेश साउदले बताए।

दुर्घटनामा साउद परिवारकै चन्द्रसिंह साउदसहित चार जना नेपाली घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.