परीक्षा तयारी गर्नुअघि.....

परीक्षा तयारी गर्नुअघि.....

काठमाडौंः निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।


१.बिहान पढ्ने
कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । यस्तो सामग्री कठिन छ भने बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनले देखाएको छ ।


२. परीक्षाको सम्भावित प्रश्नबारे छलफल
विद्यार्थी कुनै विषयको तयारीमा जुटेको छ भने उसले आफ्ना साथीभाइहरूमार्फत सोही विषयमा अघिल्लोपटक सोधिएका प्रश्नका बारेमा छलफल गर्नुपर्छ । उक्त प्रश्नसँगै विद्यार्थीले उत्तरका बारेमा पनि साथीहरूसँग परामर्श गर्नुपर्छ । साथीहरूबाट मात्र प्रश्नको समाधान हुन सकेन भने शिक्षकलाई पनि सोध्ने गर्नुपर्छ । त्यसबाहेक कक्षामा आफूलाई महत्वरपूर्ण लागेको विषयमा पनि विशेष महत्व दिएर अध्ययन गर्नुपर्छ ।


३. समूह बनाएर पढ्ने
परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । यस्तो गर्दा समूहमा रहेका साथीहरूको नोट हेर्ने, आफ्नो नोट साथीहरूलाई पनि दिने र दुवै नोटबाट नयाँनयाँ सूचना लिएर सोहीमाथि छलफल गर्नु राम्रो हुन्छ । यसले गर्दा आफूले बुझेको केही कुरामा साथीबाट पनि थप ज्ञान पाउन सकिन्छ ।


४.परीक्षाअघि पर्याप्त सुत्ने
परीक्षाको अघिल्लो दिन पर्याप्त सुत्नुपर्छ । परीक्षाका नाममा अघिल्लो दिन निद्रा मारेर सुत्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या आउन सक्छ । ढिलो सुत्दा सुत्नेबित्तिकै निद्रा नलाग्नाले पूरै रात बर्बाद पनि हुनसक्छ । अध्ययनअनुसार परीक्षाको अघिल्लो दिन सातदेखि नौ घन्टासम्म अध्ययन गर्नुपर्छ ।

५.परीक्षाअघि एक गिलास पानी पिउने
परीक्षा हलमा प्रवेश गर्नुअघि एक गिलास पानी पिउनु स्वास्थ्यका लागि हितकर मानिन्छ । अध्ययनअनुसार परीक्षामा एक गिलास पानी पिएर जाने विद्यार्थीको उपलब्धि पानी नपिई जाने विद्यार्थीभन्दा दस प्रतिशत बढी रहने गरेको छ । पानी धेरै पिउँदा दिमागमा सूचना प्रवाह सहज हुने र आफूले बनाएको योजनाअनुसार लेख्न सहज हुने अध्ययनको निष्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.