अभिनेता विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन

अभिनेता विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन

काठमाडौंः नेपाली रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए ।

नाटकमा अभिनयका क्रममा बेहोस भएका फुयाँल बेहोस भएका फुयाँलको वीर अस्पताल पुर्याएपछि निधन भएको उनीसँगै अभिनय गरिरहेका शिरोमणि दवाडीले अन्नपूर्णलाई जानकारी दिए । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनको निधन भएको घोषणा गरेका हुन् ।

कलाकार फुयाँलले टेलिभिजनको हास्य सिरियल ‘तितो सत्य’ मा लामो समय अभिनय गरेका थिए । विभिन्न चलचित्र र गीतमा समेत अभिनय गरेका कलाकार फुयाँल नाट्य क्षेत्रमा समेत सक्रिय अभिनय गर्दै आएका थिए ।

मञ्चमै प्राण त्यागे विष्णुभक्तले

ब्रह्मसभा महर्षिहरु आफूलाई विद्वान सावित गर्न बलिया तर्क दिइरहेका थिए । विद्वानहरुको प्रतिस्पर्धा चलिरहेको थियो । सबैले आफ्नो विद्वता प्रस्तुत गरेपछि राजा जनकलाई अन्तिम सम्बोधनका लागि मन्त्रीले अनुरोध गरे ।

सम्बोधनका लागि जुरुक्क उठेका राजा जनकको खुट्टा कामिरहेको थियो । मन्त्रीलाई दुइ तीन पटक कोट्याए, अनि मन्त्रीकै काँधमा टाउको अड्याए । सांस्कृतिक संस्थानमा मञ्चन भइरहेको नाटक ‘महर्षि याज्ञवल्क्य’ को यो दृश्य सोमबार यस्तो थिएन ।

मंगलबार नाटकका पात्रहरु आफैँ चकित थिए, कसरी यस्तो दृश्य आयो भनेर । दर्शक यो पछिको दृश्य पर्खिरहेका थिए । राजा जनकलाई के भयो, अब के होला जस्ता जिज्ञासा मनमा आइरहेका थिए । तर अचानक मञ्चलाई पर्दाले छोप्यो । नाटक रोकिएको समाचार आयो ।

यो दृश्य नाटकको नभइ साँचो थियो । राजा जनकको भूमिकामा देखिएका कलाकार विष्णुभक्त फुयाँलले नाटकीय शैलीमा मञ्चमा अन्तिम सास लिइरहेका थिए । राजाको अन्तिम सम्बोधनमा उनले उठेर बोल्नुु पर्ने दृश्य थियो । नबोली सँगै बसेका कलाकार आरबी रिजाललाई कोट्याउँदासम्म कलाकारहरुले फुयाँलले नाटकमा ‘इम्प्रुभाइज’ गरेछन् भन्ने सोचेका कलाकारहरु उनी ढलेपछि झस्किए । तुरुन्त नाटक रोकेर अस्पताल पु¥याएको केहि बेरमै उनको निधन भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.