शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छः दाहाल

शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छः दाहाल

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) लाई बुधबार कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरे ।

उनले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने जनाउँदै यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे ।

उनले उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पु¥याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रिकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ ।’

शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै यसबाट उत्पादित प्रतिस्पर्धी विद्यार्थी विश्व बजारमा स्थान पाउन सकुन् भन्ने अपेक्षा व्यक्त गरे ।

उपकुलपति डा तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता व्यक्त गरे ।

विश्वभरीका विश्वविद्यालयमध्ये त्रिवि हाल ४२४१ औँं स्थानमा छ । त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् । बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.