विष्णु सरले भन्नुभएको थियो: ‘यो नाटक गर्मी महिनामा गर्न पाए हुन्थ्यो !’

विष्णु सरले भन्नुभएको थियो: ‘यो नाटक गर्मी महिनामा गर्न पाए हुन्थ्यो !’

काठमाडौंः चर्चित कलाकार विष्णुभक्त फुयाँलको मंगलबार नाटक मञ्चनकै क्रममा नाटकीय शैलीमा निधन भयो। विभिन्न टेलिभिजन सिरियलमा अभिनय गरेर चर्चा पाएका फुयाँल ‘तितो सत्य’ बाट सबैका प्रिय बनेका थिए। फुयाँलले तीता सत्यमा ‘योर माइ लभ बा’ का रुपमा गरेको अभिनय केटाकेटीदेखि वृद्धवृद्धा सबैले रुचाएका थिए।

‘इन्द्रावती’, ‘मधुमालती’ लगायत दर्जनौ टेलिफिल्ममा फुयाँलले जीवन्त अभिनय गरेका छन् । फुयाँलको मंगलबार ‘महर्षि याज्ञबल्क्य’ नाटकमा अभिनय गर्दागर्दै नाटकीय शैलीमा निधन भएको हो।

नाटकमा फुयाँल राजा जनकको भूमिकामा थिए । सत्यमोहन जोशीले लेखेको नाटकको निर्देशन बद्री अधिकारीले गरेका थिए ।
पाँच दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय फुयाँल महांकालस्थित घरमा एक्लै बस्दै आएका थिए । उनका तीन छोरा छन्।

फुयाँलले २०१९ सालमा पहिलो पटक नेवारी नाटकमा ज्यापु केटी र पुरेतको अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेका थिए। फुयाँलले ‘तितो सत्य’मा अभिनय गरेपछि भने चर्चा पाएका थिए। १९९४ भदौ २३ गते भक्तपुरमा जन्मिएका फुयाँलको ७९ वर्षको उमेरमा निधन भएको हो। बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएका फुयाँलको केही बेरमा पशुपति आर्याघाटमा अन्त्यष्टि हुँदै छ।

गर्मी महिनामा गर्न पाए हुन्थ्यो...

‘एक घन्टा ४५ मिनेट लामो नाटकमा उहाँको ‘सिन’ पाँच मिनेट मात्र बाँकी थियो। नाटकमा शाकल्य (राज न्यौपाने) नामको पात्र ढलेर बेहोस् भएको सिन थियो । शाकल्य ढलेपछि उठाएर उपचारमा लान उहाँले नै निर्देशन दिनुभएको थियो । राजा जनकको भूमिकामा रहनुभएका विष्णुसर मन्त्रीलाई निर्देशन दिदै हुनुहुन्थ्यो। त्यही क्रममा उहाँ राज्यमन्त्रीको अभिनय गरिरहेका आरबी रिजालमाथि ढल्नुभयो।

उहाँ ढल्नेबित्तिकै पर्दा बन्द गरेर नाटक स्थगित भएको जानकारी दर्शकलाई गरायौँ। उहाँलाई हामीले हतारहतार र वीर अस्पताल पुर्यायौँ।

हामीले उठाएर अस्पताल पुर्याउदासम्म उहाँ बेहोस् हुनुहुन्थ्यो तर अस्पताल पुर्याएनेबित्तिकै हामीले कल्पनै नगरेको दुःखद खबर आयो । ठिक ६ बजेर १० मिनेटमा चिकित्सकले सरलाई मृत घोषणा गरे।

उहाँसँगै नाटक अभिनय गर्ने क्रममा उहाँले चिसोमा नाटक गर्न कठिन हुने बताउदै आउनुभएको थियो । सुगर र घुडाको समस्याबाट पीडित फुयाँल सरले गफै गफमा ‘यो नाटक त गर्मी महिनामा गर्न पाए हुन्थ्यो !’ भन्नुभएको थियो।

उहाँले नाटक लामो भएको र अभिनय गर्दा बाक्लो कपडा पनि लाउन नपाइने हुँदा समस्या हुने बताउनु भएको थियो। उहाँले नाटक सुरु हुनुअघि मात्र औषधि पनि खानु भयो । नाटक गर्दा–गर्दै उहाँलाई गुमाउनुपर्दा पीडामा दौडिदै छु। अस्पतालले हृदयघातका कारण विष्णु सरको निधन भएको घोषणा गरेपछि उहाँसँगका सम्झना इतिहास भएका छन् । छोटो समयमा उहाँसँग गरेका अभिनय अविष्मरणीय तर विष्णु सर बिनाको नाट्य यात्रा अपुरो ठानेको छु । (नाटकमा अष्टबक्र (कुरुप मान्छे)को भूमिकामा अभिनय गर्दै गरेका पुष्पराज अवस्थीसँग लुइटेल दिनेशले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.