गठबन्धनको निर्णय : यथास्थितिमा संशोधन स्वीकार्न सकिँदैन

गठबन्धनको निर्णय : यथास्थितिमा संशोधन स्वीकार्न सकिँदैन

काठमाडौँ : मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ ।

बुधबार बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन्।

गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ । बैठकले संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपर्थ्यो त्यही गरेको’ निष्कर्ष निकालेको छ ।

गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको संयोजक यादवले बताउनुभयो । बैठकले आजको काठमाडौँ उपत्यका बन्दप्रति गठबन्धनको ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारण जनतालाई उचित मुआब्जा दिएर मात्र बाटो विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत उपस्थित थिए।

संघीय गठबन्धनको निर्णय बुँदामा
१. संशोधन रोक्न नहुने सर्वोच्चको आदेश सकारात्मक,
२. परिमार्जन नभए संशोधन विधेयक मान्य नहुने,
३. मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्नु पर्ने,
४. प्रदेश संख्या हेरफेर गर्न बन्देज गरेको धारा २७४ खारेज गर्नुपर्ने,
५. संसद् अवरोध गर्नु एमालेको कदम अलोकतान्त्रिक,
६. संविधान संशोधनपछि मात्रै चुनाव, नभए चुनाव अमान्य ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.