कुर्चीका लागि झगडाः डा भट्टराई

कुर्चीका लागि झगडाः डा भट्टराई

पोखराः नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि सुरु भएको ‘घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा बुधबार सम्बोधन गर्दै उनले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको बताए ।

भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै संयोजक डा भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने बताए ।

नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आफूहरुले पत्ता लगाएको दाबी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको बताए । देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने उनको विश्वास थियो ।


पार्टीले मङ्सिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिँदै उनले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गरे ।

पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको उनको भनाई थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.