‘उपराष्ट्रपति पुनको नाममा चीनमा गलत प्रचार भयो’

‘उपराष्ट्रपति पुनको नाममा चीनमा गलत प्रचार भयो’

काठमाडौँः चीनको छेन्दुमा रहेको ताहाल होलिडे नामक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई जोडेर ‘विच्याट’मार्फत् नेपाल भ्रमणसम्बन्धी प्याकेज कार्यक्रम सार्वजनिक गरेकाप्रति उपराष्ट्रपतिको स्वकीय सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । संयोजक घर्तीले नेपाल र चीनबीचको विशिष्ट प्रकारको घनिष्ठ सम्बन्ध जनस्तरसम्म प्रगाढ बन्दै गइरहेको परिस्थितिमा गलत प्रचार गरेका बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्न सरकार र काठमाडौँस्थित चिनियाँ दूतावासको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले यसबारेमा सत्य तथ्य अध्ययन तथा आवश्यक छानबिन गर्न परराष्ट्र मन्त्रालय, चीनको बेइजिङस्थित नेपाली दूतावास र काठमाडौँस्थित चिनियाँ दूतावासको ध्यानाकर्षण गराइसकिएको जानकारी समेत गराएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.