मोर्चाले हाल्ने संशोधनसहित प्रस्ताव पारित हुन्छः ठाकुर

मोर्चाले हाल्ने संशोधनसहित प्रस्ताव पारित हुन्छः ठाकुर

काठमाडौंः मधेशी मोर्चाका नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र त्यसपछि प्रस्ताव पारित हुने बताएका छन्।

ठाकुरले भने, ‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस्, हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं, त्यसपछि संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गर्नुपर्छ, काँग्रेस, एमाले र माओवादी केन्द्रलेपनि सहयोग गर्नुपर्छ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले संशोधन प्रस्ताव टेबुल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने बताए। संशोधन जसले जारी गरे उनीहरुले नै यो संशोधन त्रुटिपूर्ण छ भनेर स्वीकार गरिसकेको उल्लेख गर्दै उनले भने,‘जसले यो संविधान जारी गरे, उनीहरुले नै त्यतिवेला यो त्रुटिपूर्ण छ भनेर बोलेको र यसलाई संशोधन गर्छौं भनिसकेका छन्, यो भन्दा पहिलेपनि उनीहरुले दुईवटा विषयमा संशोधन गरिसके, फेरि पनि संशोधन गर्ने जिम्मा उनीहरुकै हो, यो संविधान त्रुटिपूर्ण र विभेदकारी छ।’

संविधानको धारा २७४ ले संविधान संशोधनलाई कुनै हालतमा नरोक्ने दाबी गर्दै ठाकुरले भने, ‘अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्छ।’संविधानको धारा २७४ लाई खारेज गर्नुपर्ने बताउँदै उनले भने,‘धारा २७४ संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ, त्यसैले यसलाई खारेज गर्नुपर्छ, यसले सात प्रदेशको बारेमा बोलेकोले यो धाराको आवश्यक छैन, यसको कुनै औचित्य छैन।’

संक्रमणकालीन अवस्था भएर अहिले धारा २७४ निष्कृय भएको भन्दै उनले प्रदेश सभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको स्पष्ट पारे।
हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले जिकिर गरे। उनले संशोधन विद्येयक पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले भने,‘यो संशोधन विद्येयक पारित हुन्छ, यो प्रस्ताव त एमालेका नेताहरुले नै अघि सारेको प्रस्ताव हो, हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेको प्रस्ताव हो, त्यसैले यो प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन्।’ एमालेको वुद्धि विस्तारै–विस्तारै आउँदै गरेको बताउँदै उनले भने,‘त्यसैले एमालेले पनि सहयोग गर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.