कलाकार पर्दामा मात्र सिमित हुनुहुन्न : रेखा

कलाकार पर्दामा मात्र सिमित हुनुहुन्न : रेखा

नेपालगञ्जः नेपालगञ्जस्थि एक होटलमा पत्रकारहरु पुग्दासम्म रेखा थापा बाहिर निस्किएकी थिइनन् । एकछिन्पछि बिनामेकअप पत्रकारमाझ बस्दै रेखाले भनिन् ‘चिया पिउँदै कुरा ग¥यो भने म्यानरलेस त हुँदैन नि ? ’

आजकल रेखा चलचित्रका कुरा गर्दिनन् । उनी सिधै राजनीतिमा प्रवेश गर्छिन् । त्यहीँबाट कुराकानीको विषयवस्तु सुरु हुन्छ । कुराकानीको सुरुवातमै उनले ‘देशको राजनीतिक परिस्थितिले’ राजनीतिमा लागेको बताइन् ।

‘कलाकार पर्दामा मात्रै सिमित हुने चिज हो र ? उसलाई गहनामात्रै भन्ने हामी सजाउनेमात्रै चिज त हैन नि !’ उनले राजनीतिक तर्क पेश गर्दै भनिन् ’ उनले राजनीतिक तर्क पेश गर्दै भनिन् ‘अनि के मैले माओवादी छोडेर त्यत्ति ठूलो के चाहिँ पाप गरेँ र ? मलाई मन परेन, अनि राप्रपामा आएँ ।’ एकोहोरो बोल्दै उनले माओवादीदेखि राप्रपासम्मको यात्रा सुनाउन भ्याइन् ।

माओवादीलगायत अरु सबै पार्टीहरु विदेशी सिद्धान्तमा चलेको भन्दै रेखाले राप्रपामात्रै मौलिक सिद्धान्त बोकेको पार्टी भएको दाबी गरिन् । ‘त्यसैले म यतातिर आएको हुँ कमल थापा अरुजस्तो जिब्रो फेर्ने नेता होइन, यो मेरो अनि मजस्ता लाखौं जनताको आफ्नै बोली बोल्ने पार्टी हो’ उनले भनिन् ‘अनि भन्नेहरुलाई त रेखा थापाले माओवादी छोड्दा हाउँगुजी नै भएको छ ।’

पर्दामा मात्रै सिमिति भएर कलाकार र कलाकारिताको धर्म पूरा नहुने भन्दै रेखाले कलाकारिता र राजनीति समान क्षेत्र भएको बताइन् । ‘हामी कलाकार पनि त्यस्तै छौँ, हामी पर्दामा मात्रै सिमित हुन्छौँ हामी र समाज र नागरिकसँग प्रत्यक्ष जोडिएका छौँ, त्यसैले हामी अब राजनीतिक फिल्डमा पनि आउनुपर्छ’ रेखाले थपिन् ‘हामीले कलाकारिताबाट पूरा गर्नुपर्ने दायित्व गरिसकेका छौँ, राज्यसँग भीख माग्ने होइन आफैं लिन सक्नुपर्छ त्यसैले त मैले राजनीति रोजेको हुँ ।’

नेपालगञ्जमा राप्रपाको आमसभालाई सम्बोधन गर्नका लागि आएका अध्यक्ष कमल थापासँगै उनी पनि यहाँ आएकी हुन् । उनी पत्रकारहरुसँग करिब आधा घण्टाजति गफिएकी थिइन् । राजनीतिसँग कलाकारितामा पनि आफूले प्रशस्तै समय दिएको भन्दै उनले आफू नमरुञ्जेल कलाकारिता नछोड्ने बताइन् ।

‘कलाकारिता त मेरो रगतरगतमै छ, म बाचुञ्जेलसम्म कलाकारिता छोड्निँ तर, अब कति पर्दामात्रै सिमित हुने त ? ’ उनले भनिन् ‘त्यसैले अब राजनीतिमा पनि नायक बन्नुपर्छ अनि त्यसका लागि जनता नै नायक भएको पार्टी राप्रपामा आएँ ।’

संविधानसभाको निर्वाचनका बेला माओवादीमा प्रवेश गरेकी रेखा थापा केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.