माइलीको आठवर्षे प्रेम

माइलीको आठवर्षे प्रेम

अमेरिकी गायिका माइली साइरसले अस्ट्रेलियाली नायक लाइम हेम्सवर्थसँग बिहे गर्ने मुड बनाएकी छन् । विवाहबन्धनलाई दीर्घकालीन बनाउने योजनाका साथ सही समयको पर्खाइमा उनी रहेको बताइएको छ ।

चलचित्र ‘द लास्ट सङ’मा काम गर्ने क्रममा सन् २००९ मा उनीहरूको भेट भएको थियो । चलचित्रको छायांकनकै क्रममा डेटिङ गरेका माइली र लाइम हलिउडमा लामो समय प्रेमसम्बन्धमा रहन सफल जोडीका रूपमा चिनिने गर्छन् ।

विवाह हुनुभन्दा अगाडि नै प्रेमी लाइमसँग अन्य चलचित्रमा पनि काम गर्ने रहर पलाएको २४ वर्षीया माइलीले बताएकी छन् । ‘लाइमसँग चलचित्रमा एकसाथ काम गर्न पाउनुभन्दा रोमान्टिक कुरा अरू हुँदैन’, माइलीले भनेकी छन्, ‘तर उनीसँग कमेडी वा एकअर्कालाइ घृणा गर्ने खालको भूमिका गर्न मन लाग्दैन ।’

२६ वर्षीया लाइमसँगको प्रेममा निकै खुसी र सन्तुष्ट देखिएकी माइलीले उनीसँग छुट्टिने कल्पनैसम्म गर्न नसक्ने बताएकी छन् । प्रेम सुरुआत भएको तीन वर्षपछि अर्थात् सन् २०१२ मा इन्गेजमेन्ट घोषणा गरेका थिए ।

इन्गेजमेन्टपछि लसएन्जलसमा लिभिङ टुगेदरको सम्बन्धमा रहेका उनीहरूले एक वर्षपछि इन्गेजमेन्ट तोडेका थिए । तर, फेरि विस्तारै बिग्रँदो सम्बन्ध सुधारेर एकसाथ अगाडि बढेका हुन् । लाइमका अभिभावकलाई आफूले पहिला नै सासूससुराको रूपमा स्वीकारिसकेको माइलीले बताएकी छन् ।

आफूहरू कानुनी रूपमा मात्रै विवाहबन्धनमा बाधिन बाँकी रहेको पनि उनले स्पष्ट पारेकी छन् । माइली र लाइम दुवैका अभिभावकले आफूहरूलाइ बुझेको र विवाहका लागि कुनै बाधा नरहेको दुवैले स्वीकारेका छन् ।

हुन त बलिउडमा विवादमा आइरहने स्टार कलाकारमा पर्छिन् माइली साइरस । स्टेज पर्फमेन्सका क्रममा सीमा नाघ्ने गरेको समेत आरोप खेप्दै आएकी उनले प्रस्तुतिका क्रममा विभिन्न हर्कत देखाउँदै आएकी छन् ।

लाइम हेम्सवर्थसँग चलचित्रमा एकसाथ काम गर्न पाउनुभन्दा रोमान्टिक कुरा अरू हुँदैन । तर उनीसँग कमेडी वा एकअर्कालाई घृणा गर्ने खालको भूमिका गर्न मन लाग्दैन ।

लाइमसँग इन्गेजमेन्ट ब्रेकको घोषणापछि उनी भिक्टोरिया सेक्रेटका २४ वर्षीय मोडल स्टेला म्याकसवेलसँग नजिकिएको चर्चा चलेको थियो । माइलीले स्टेलासँग मस्ती गरिरहेको र बच्चा जन्माउन लागेको दाबीसमेत गर्न भ्याएकी थिइन ।

माइली र स्टेला एकअर्काको हात समाएर, अंकमाल गर्दै रोमान्टिक मुडमा पनि भेटिएका थिए । तर, न्युजिल्यान्ड स्थायी घर भएका स्टेलासँगको सम्बन्ध साथीका रूपमा मात्र सीमित रहेको पछि माइलीले स्पष्ट पारिन् ।

लाइमसँग पुनः नजिकिएपछि माइलीले उनीजस्तो व्यक्ति आफ्नो जीवनमा पाउनु ठूलो उपलब्धि भएको बताउने गरेकी छन् । गत वर्षको क्रिसमस उनीहरूले एकसाथ धूमधामसँग मनाएका थिए । दुवैले परिवारसहित सान्डियागोस्थित एक अस्पतालमा गएर बालबालिकासँग क्रिसमस मनाएका हुन् । केही समयपहिले लाइमका अभिभावकसँग उनले गरेको लन्चलाई विभिन्न मिडियाले स्थान दिएको थियो । अस्ट्रेलियाको एउटा रेस्टुरेन्टमा उनीहरूले लन्च गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.