बलिउड अभिनेता ओम पुरीको निधन
एजेन्सीः बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । घरमै रहेका पुरीको हृदयघातका कारण निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
पछिल्लो समय 'घायल रिटर्न'मा उनले अभियन गरेका छन् । पुरीका, आक्रोश, अर्धसत्य, गुप्त, जाने भी दो यारो, चाची ४२०, मालामाल वीकलीमा गरेको अभिनय प्रशंसनीय मानिन्छ ।
१९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट स्नातक गरेका पुरीले प्राथमिक शिक्षा भने पञ्जावको पटियालामा लिएका थिए ।
पुरीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको ट्वीट हेन्डलबाट लेखिएको ट्वीटमा थिएटर तथा फिल्ममा ओम पुरीलाई सम्झिरहने र उनको निधनमा शोक व्यक्त गर्दछौ भनिएको छ ।
The Prime Minister condoles the passing away of actor Om Puri & recalls his long career in theatre & films.
— PMO India (@PMOIndia) January 6, 2017
उनका साथी अनुपम खेरले पनि विस्तारमा रहेका ओम पुरी शान्त देखिएका छन् । यकिन गर्न सकेको छैन । महान अभिनेता मध्येका एक ओम पुरी अब छैनन् । म सारै दुखी छु ।
Seeing him lying on his bed looking so calm can’t believe that one of our greatest actors #OmPuri is no more. Deeply saddened & shocked.
— Anupam Kher (@AnupamPkher) January 6, 2017