बढ्दो हेयर कलरिङ

बढ्दो हेयर कलरिङ

हिजोआज प्राय. धेरैले कपाल रंग्याउने गर्छन् । कतिले आफ्नो फुलेको सेतो कपाल छोप्नलाई रङ लगाउँछन् त कतिले आफ्नो कपालको प्राकृतिक रङभन्दा अलि भिन्न देखिन रंग्याउने गरेको पाइन्छ ।

कपाल रंग्याउँदा सही तरिका अपनाउनु पर्छ नत्र कपालको गुणस्तर बिग्रिन सक्छ । रङ राम्रो ब्रान्डको छान्नुपर्छ । जस्तो पायो उस्तै कम्पनीको रङ लगाउँदा कपाल बिग्रिन सक्छ ।

गहँगोरो र गोरो छालालाई रातो, ब्लन्ड, चेरी रातो, चकलेट कलर बढी सुहाउँछ भने अलि कालो छालालाई हल्का खैरो रङ बढी प्रयोगमा आउने गरेको छ । आफ्नो कपालको लागि रङ छनोट गर्दा पेसाअनुसार सुहाउने रङ छान्नुपर्छ ।

कपाल रंग्याउने तरिका
. पहिले कपाललाई नुहाएर सफा गर्ने ।
. कपाललाई सुक्खा बनाउनुपर्र्छ ।
. कपाल रंग्याउँदा जहिले पनि कपालको टुप्पोदेखि लगाउन सुरु गर्नुपर्छ ।
. कपाल रंग्याउँदा टुप्पोमा १२ प्रतिशतको डेभलपर प्रयोग गर्नुपर्छ भने तालुको भागमा ६ प्रतिशत भोलुमको डेभेलपर प्रयोग गर्नु उपर्युक्त हुन्छ । यसो गर्दा कपालमा एकै थरीको रङ बसेको देखिन्छ । कुन डेभेलपर कति प्रतिशतको हो भन्ने रङको बट्टामै लेखेको हुने हुनाले रङ किन्दा नै ध्यान दिएर छान्नुपर्ने हुन्छ ।
. दुई भिन्न प्रतिशतको रङ दुई भिन्न बाउलमा राख्नुपर्छ ।
. कलर र डेभेलपर मिसाउन धातुको नभई प्लास्टिक वा काँचको बाउलको प्रयोग गर्नुपर्छ ।
. कपाल रंग्याउँदा हातमा पन्जा लगाउनुपर्छ ।
. पहिले हाइलाइट गरेर कलरिङ गर्यो भने सबैतिर बराबरी रङ बस्छ, नत्र बस्दैन । त्यसैले छुट्टाछुट्टै डेभेलपर प्रयोग गर्नु राम्रो हुन्छ ।
तालुको भागमा भर्खर उम्रिएको कपाल हुने भएकाले कम भोलुमको डेभेलपर प्रयोग गर्नुपर्छ ।
. यसरी रङ लगाएर ३० देखि ४५ मिनेटसम्म छाड्न सक्छौं । समय पुगेपछि स्याम्पु गरेर कन्डिसनर लगाउनुपर्छ । कन्डिसनर लगाएर १० मिनेट छाडेपछि मात्रै पखाल्नुपर्छ । . आफ्नो इच्छानुसार कपाललाई फुकाएर स्टायल गर्न सकिन्छ । . सेतो फुलेको कपाल छोप्नलाई भने गाढा खैरो वा खैरो रङ प्रयोग गर्ने गरिन्छ । त्यसमा ६ प्रतिशत डेभेलपरमात्रै प्रयोग गरिन्छ ।

. यदि कसैको छाला संवेदनशील छ भने कपाल रंग्याउँदा उसलाई एलर्जी पनि हुन्छ । त्यसैले रङ लगाउनु अगाडि प्याच टेस्ट गर्नु जरुरी हुन्छ । यसको लागि कानको पछाडिको भागमा सफा गरेर कपालमा लगाउने रङ लगाउँदा करिब तीनदेखि २४ घन्टाभित्रमा सहनै नसक्ने गरी पोल्ने, घाउ खटिरा आउने ग¥यो भने त्यस्तो व्यक्तिले रङको प्रयोग गर्नुहुँदैन ।

मानिसको कपालको वास्तविक रङ सेतो नै हुन्छ । मेलानिन नामक पिगमेन्टका कारण कपालमा विभिन्न रङ आउने गर्छ । पछि गएर हाम्रो कपाल सेतो हुनुको कारण एउटा उमेर पनि हो । त्यसैगरी भिटामिनको कमी, लामो समयदेखि बिरामी हुनु, व्यस्तता, तनाव, प्रदूषण, खानपानमा समय नमिल्नु र सन्तुलित आहार नहुँदा पनि कपाल चाँडै फुल्ने गर्छ । भिटामिन बी १२को कमी पनि कपाल फुल्ने एउटा कारण भएकाले हामीले नियमित रूपमा अन्डा, माछामासु, चीजलगायतका खाद्यपदार्थ खानुपर्छ । महिनैपिच्छे रङ लगाउँदा पनि कपालको गुणस्तर खस्कने हुनाले यसमा पनि ध्यान दिनु जरुरी छ ।

क्लाइन्टको चित्तमा खुसी


ब्युटिसियनसम्बन्धी एडभान्स कोर्स गरेर अमिता श्रेष्ठले २०५८ सालदेखि पार्लर सुरु गरेकी हुन् । हुन त उनलाई पहिले जागिर खाने रहर थियो । तर पछि साथीहरूसँगको लहैलहैमा उनले ब्युटिसियनको तालिम लिइन् । पछि काम गर्दै जाँदा अरूलाई सुन्दर बनाउने यस पेसाले उनलाई पनि आकर्षित पा¥यो । अहिले नाम र दाम दुवै हिसाबमा उनी सन्तुष्ट छिन् । आफूकहाँ आउने क्लाइन्टलाई चित्त बुझाउन सक्नु सबैभन्दा ठूलो खुसी हो भन्ने अमिताले आफ्नो पार्लरमा नेल आर्ट र मेहेन्दीका डिजाइन पनि गर्ने गरेकी छन् । त्यसैगरी सौन्दर्यकलालाई आफ्नो पेसा बनाएर जीविकोपार्जन गर्न चाहने महिला तथा छोटो समयको कोर्स गरेर विदेश जान चाहनेलाई उनले ६ महिने तालिम पनि दिने गरेकी छन् ।
रामकला खड्का


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.