नेपथ्यले ततायो काठमाडौं (भिडियोसहित)

नेपथ्यले ततायो काठमाडौं (भिडियोसहित)

काठमाडौं: सेकेन्ड सेकेन्ड गन्दै प्रतीक्षारत दर्शकले काठमाडौंको टुँडिखेलस्थित भव्य मञ्चमा जब नेपथ्यलाई देखे, शनिबारको साँझ एकैपटक धुलिमण्डल बन्यो । ब्यान्डको आगमनसँगै दर्शकदीर्घामा बसेका युवा 'हुटिङ' गर्दै उफ्रिन थाले । जोशिलो गीतसंगीतसँगै प्रस्तुत भएको नेपथ्यले यसपटकको कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले लेखेको गीत सुनायो ।

'कुरूप अनुहार हो, यहाँ कोही साथी छैन
बेरूप अनुहार हो, यहाँ कोही साथी छैन ।'

विक्रम गुरुङको संगीतमा रहेको यो गीत नेपथ्यको कार्यक्रममा पहिलोपटक प्रस्तुत भएको हो । दर्शकदीर्घामा बसेर आफ्नै शब्दलाई रक संगीतमा सुनेर आनन्द लिँदै थिए सरुभक्त । यो गीतसँगै नेपथ्यले 'खान्नँ म त लामपाते सुरती' र 'यानीमाया' प्रस्तुत गयो । ब्यान्डका गायक अमृत गुरुङ हरेक गीत तयार पार्दाको अनुभव र त्यससँग जोडिएका समुदायका बारेमा बताउँदै गीत प्रस्तुत गर्छन् । उनको यो शैली यस पटकको कन्सर्टमा पनि देखियो । पृष्ठभूमिमा म्युजिक भिडियसहित प्रस्तुत भयो गीत, 'भेडाको ऊनजस्तो ।' लोकशैलीका गीत बज्नासाथ दर्शक नाचि हाल्थे । कार्यक्रममा युवाको ठूलो जमात दुई घन्टासम्म कत्ति पनि नथाकी नाचिरहे ।

नेपथ्यका गायक अमृत गुरुङ प्रस्तुतिका क्रममा गीत तयार पार्दाको अनुभव र त्यससँग जोडिएका समुदायका बारेमा बताउने गर्छन् । उनको यो शैली यसपटकको कन्सर्टमा पनि देखियो । नेपथ्यका गीत नयाँ र पुराना दुवै पुस्तामा उत्तिकै लोकप्रिय छ ।

नयाँ र पुराना पुस्ता जोड्न सफल सांगीतिक समूह नेपथ्यले देशका विभिन्न स्थानलाई पनि जोड्ने प्रयास गरेको छ । अमृतले हरेक कार्यक्रममा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्छन् । गाउँगाउँमा पुगेर स्थानीयवासीसँगै बसेर त्यहाँको भाका टपक्क टिप्नु उनको विशेषता नै हो । पुराना हुन् या नयाँ, उनका गीत उत्तिकै लोकप्रिय छन् । कार्यक्रममा उनले भर्खरै तयार भएको नयाँ कृतिसँगै २७ वर्ष पुरानो गीत पनि सुनाए । श्रोताले अत्याधिक रुचाएका 'छेक्यो छेक्यो देउराली डाँडा', 'जोमसोमै बजारमा', 'हे रामा' गीत नेपथ्यको हरेक प्रस्तुतिमा समावेश हुन्छन् ।

विदेशका नेपालीलाई नेपाली माया बाँड्दै हिँड्ने नेपथ्यको सांगीतिक प्रस्तुति नेपालमा रहनेका लागि समेत ठूलो मेला हुने गर्छ । अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा उपस्थित दर्शकको दृश्य कुनै मेलाजस्तो देखिन्थ्यो । अमृत आफैंले नाच्दै दर्शकलाई नचाउँदै पुसको चिसो साँझलाई तातो बनाए । 'पल्सर डेयर भेन्चर ग्रान्ड फिनाले'का अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.