एमालेले संसद्‍लाई बन्धक बनायोः डा. महत

एमालेले संसद्‍लाई बन्धक बनायोः डा. महत

डडेल्धुराः नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले राजनीतिका निकास निकास्ले साझा थलो संसदलाई एमालेले बन्धक बनाएको आरोप लगाएका छन् । नेता महतले सबै मुद्दाहरुको छलफल गर्ने र उपयुक्त निकास दिने थलोलाई कसैले पनि बन्धक बनाउन नहुने भन्दै सदन सुचारु गर्नेतर्फ केन्द्रित हुन एमालेलाई आग्रह गरेका छन् ।

डडेल्धुरा पुगेका नेता महतले हिउँदे अधिवेशन शुरु हुने बेलामा बर्षे अधिवेशन नै नसकिएको बताउँदै एमालेले संसद सुचारु गर्न सहयोग गर्नुपर्ने र चित्त नबुझेका विषयलाई छलफल, बहस र संसदीय प्रक्रिया अनुरुप निकास दिनुपर्ने बताए ।

संसदमा प्रस्तुत संबिधान संशोधनको विषयलाई प्रक्रियामा ल्याउन दिनुपर्नेमा जोड दिदै महतले सीमांकन हेरफेरको विषयलाई सम्वन्धित प्रदेशको अधिकार क्षेत्र भनी संबिधानमा स्पष्ट उल्लेख भएकोले प्रदेशसभालाई छोडिदिनुपर्ने बताए ।

आफ्नो व्यक्तिगत विचार भन्दै महतले भने-'मेरो बिचारमा संबिधान संशोधनको विषयलाई संसदमा प्रवेश गर्न दिनुपर्छ । छलफल र बहस हुँदै गर्छ । मुलुक पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव सञ्चालन गर्नुपर्छ । नयाँ संरचना अनुरुप चुनाव गर्न प्रशासनिक तथा भौतिक पूर्वाधार हामीसँग तत्काललाई छैन ।'

पार्टी कार्यकर्ताहरुलाई हौस्याउदै नेता डा महतले भने-'हिजो लोकतान्त्रिक बाटो हिड्ने कोही थिएनन् । आज सबै लोकतान्त्रिक भएका छन । ०४६ को परिवर्तनपछि कांग्रेसले शुरु गरेको आर्थिक नीतिलाई नै सबैले पछ्याउन थालेका छन । तपाईहरु कांग्रेसले विगतमा गरेका काममा गौरव गर्नुहोस, जनतालाई भन्नुहोस । आर्थिक प्रगति दिने, आर्थिक उन्नतिको बाटोमा लैजाने, संबिधान दिने, सम्पूर्ण जनतालाई समान अधिकार दिने पार्टी कांग्रेस नै हो । अरुका ढोंगी कुरा मात्र हुन ।'

चार दिने सुदूरपश्चिमी जिल्लाको भ्रमणमा निस्कनुभएका नेता डा महतले मुलुकको विकासलाई स्पष्ट दिशाबोध गर्न सक्ने पार्टी कांग्रेस भएकाले जनताको घरघरमा पुगेर, संगठन सुदृढिकरण गरेर, आन्तरिक विवाद हटाएर, एकजुट भएर शक्तिशाली बनाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.