मुसहर बस्ती बनाउन पहिलो दिनमै ३५ लाख सहयोग
बर्दिबास : महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन जुटेका हास्य कलाकार धुर्मुस-सुन्तली शिल्यान्यासकै पहिलो दिनमा ३५ लाख बराबरको सहयोग प्राप्त भएको छ । सोमबार बर्दिवासको एकीकृत नमुना मुसहर बस्ती निर्माण स्थलमा आयोजित शिलान्यास समारोहमा एक दर्जन भन्दा बढीले व्यक्ति, संघसंसथाले नगद र जिन्सी सहयोग हास्य कालाकारद्वय धुर्मुस र सुन्तलीलाई उपलब्ध गराएका हुन् ।
समारोहमा बर्दिवासका उत्साही युवाले सङ्कलन गरेका ५० हजार नगद कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्रदान गरिएको थियो । त्यसैगरि महोत्तरी क्रसर उद्योग ब्यवसायी सङ्घले बस्तीमा निर्माण हुने ५० घरका लागि आवश्यक पर्ने बालु, गिट्टी र ढुङ्गा निशुल्क उपलब्ध गराउने ब्यवसायीहरुले घोषणा गरेका छन् ।
कार्यक्रममा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेलले साँसद बिकास कोषबाट १० लाख दिने घोषणाको पत्र पठाउनु भएको थियो । त्यसैगरि बर्दिवासका होटल ब्यवसायी हिरा गौतमले एकलाख नगद, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले बस्तीमा खानेपानी धारा जडानमा लाग्ने ३ लाख बराबरको सामग्री गरेका थिए ।
समारोहमा हास्यकलाकार मह जोडिले एकलाख, हास्यकलाकार किरण केसीले १० हजार र धनुषाका पत्रकार शैलेन्द्र क्रान्तिले २० हजार नगद सहयोग गरे । यसअघि जिल्लाकै पशुपतिनगर गाबिसका तरकारी किसानले फाउण्डेशनलाई ५० हजार नगद प्रदान गरेका थिए । बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्था बर्दिबासका निर्वत्तमान अध्यक्ष चुडामणी पोखरेलले ३० हजार, बर्दिबासका स्थानीय गौविन्द पौड्लले २५ हजार नगद हस्तान्तरण गरेका थिए ।त्यसै अवरसका अन्नपूर्णकर्मी(महोत्तरी)का राजकरण महतोले १० हजार पाँच रुपैंया सहयोग प्रदान गरेका थिए । अवसरबाट पछि पर्दै र पारिदै आएका मुसहर समुदायका लागि काम गर्न थालेसँगै मनकारी र सहयोगी हात बढ्दै गएकाले आपूmहरु निकै उत्साहित भएका धुर्मुस–सुन्तलीले एकसाथ बताए ।
सोमबार शिलान्यास भएको नमुना बस्ती निर्माण कार्य चैत मसान्तभित्रै सम्पन्न गरिने फाउण्डेशनले जनाएको छ । यस कार्यमा मन, वचन र कर्मले सहयोग गर्न फाउण्डेशनका अध्यक्ष कट्टेलले सबैसँग आग्रह गरेका छन् ।
समाजका बिभिन्न क्षेत्रका अगुवा र सर्वसाधारणको उपस्थिति रहेको शिलान्यास समारोहमा बिभिन्न सङ्घ, संस्था, कार्यालय र ब्यक्ति ब्यक्तित्वहरुले बस्ती निर्माणका लागि १८ लाख नगद र निर्माण सामग्री गर ३५ लाखको बराबरको सहयोग जुटेको थियो ।
बिहान एकीकृत नमुना मुसहर बस्ती निर्माण कायमा आवश्यक पर्ने ज्यावलहरु नेपाल युवा संस्था सञ्जाल (आयोन) ले फाउण्डेशनलाई प्रदान गरेको थियो । खन्ती, गल, फलामे किल्ला, खुर्पा, कुटो, कोदालोसहितका सातलाख मूल्य बराबरको ज्यावल आयोनबाट प्राप्त भएको फाउण्डेशनले जनाएको छ । आयोनकी सूचना अधिकृत आर्या श्री अर्यालले बस्ती निर्माण कार्यमा आफ्ना दक्ष जनशक्तिले यही आउने माघ पहिलो सातादेखि निर्माण कार्य सम्पन्न नहुञ्जेल श्रमदान गर्ने प्रतिबद्धता जनाइन् ।
बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती निर्माणका लागि मह जोडीले रु एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार दिए । महोत्तरीको पशुपतिनगरका किसानहरु ५० हजार सहित महजोडी र धुर्मुश सुन्तलीलाई सागसब्जी तथा हलोजुवा मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरि महोत्तरीका अन्नपूर्णकर्मी पत्रकार राजकरण महतोले पनि बस्ती निर्माणका लागि रु दशहजार पँंच हस्तान्तरण गरेका थिए ।
“यो मानवता र सद्भावको कार्य हो,” धुर्मुसले आग्रह गरेका छन्, “बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।
शिलान्यास कार्यक्रममा मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए ।
बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।