सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मलंगवाः सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना २ ख ८६२३ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना ३५ प २२०८ नम्वरको मोटरसाइकललाई लालबन्दी मरिण चोकमा ठक्कर दिँदा लहानका २६ वर्षीय मिलन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाइकलमा सवार सर्लाही लालबन्दी–५ का ३८ वर्षीय ३८ वर्षीय दिपेन्द्र अधिकारी गम्भीर घाइते भएका छन्। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा मोडल अस्पताल लालबन्दीमा मृत्यु भएको हो।

अधिकारीलाई लालबन्दी र हेटौंडामा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले आफ्नो नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.